• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

यस्तो प्रविधिको विकास भयो सानो–तिनो जंगलले जतिनै प्रदूषण सोस्ने

नेपाल पोस्ट दैनिक
    January 7, 2020  मा प्रकाशित

Spread the love
      

२२ पुस । सहरमा बढ्दो प्रदूषण रोक्नको लागि एक सानो–तिनो जंगलले जतिनै प्रदूषण सोस्ने प्रविधि विकास भएको छ । विश्वका कैयौं प्रमुख सहरमा प्रयोग गर्न थालिएको यो प्रविधि पछिल्लो समय लण्डनमा पनि प्रयोग गरिएको छ ।

ठाडो बंगैचाको रुपमा काम गर्ने यो संरचनामा सानो बेन्च जोडिएको छ । त्यसमा कामबाट थकान महसुस गरेका मानिस बस्न सक्छन् ।

यसलाई ग्रिन–सिटी सोलुसनले निर्माण गरेको हो । कम्पनीले प्रदूषण सोस्ने यो ठाडो बंगैचार्ला ‘सिटी–ट्री’ नाम दिएको छ । सिटी–ट्रीले एक प्रतिशत क्षेत्रमा २७५ रुखले जतिनै प्रदूषण सोस्छ ।

विश्व स्वास्थ संगठनका अनुमान अनुसार प्रत्येक वर्ष वायु प्रदूषणका अनुसार ७० लाख असामायिक निधन हुने गर्छ । यो विश्वमा सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्या हो ।

सिटी–ट्री बर्लिन, ओस्लो, पेरिस, आम्र्सटरड्याम, ब्रसेल्स, ड्राम्मेन, न्युक्यासेल र हंगकंगजस्ता युरोेप र एशियाका कैयौं सहरमा लगाइसकिएको छ ।

सिटी–ट्री बेन्च १३ फिट अग्लो छ र यसमा १६८२ काईका स–सानो गुच्छा(मुन्टा) राखिएका हुन्छन् ।

काईको संयोजन यसरी गरिएको छ कि यसले पार्टिकुलेट म्याटर(प्रदुषित कण)लाई छान्छ, कार्बनडाई अक्साइड सोस्छ र धुलोजस्ता प्रदूषण हटाउँछ ।

काईमा विशेष ब्याक्टेरिया राखिएको छ जसले ०.१ म्याक्रोनदेखि १० म्याक्रोनबीचका पार्टिकुलेट म्याटरलाई सोस्छ ।

सिटी–ट्रीको प्रभावकारिताको जाँच ल्याब परिक्षण प्रोएम्बिएन्ट इन्स्टिच्युटले गरेको थियो । अनुसन्धानका क्रममा रुखले प्रति वर्ष ०.२२ मेट्रिक टन कार्बनडाइ अक्साइड सोस्छ भने सय रुखको समूहले २.२ मेक्टिक टन कार्बनडाई–अक्साइड सोस्छ ।

परिक्षणका क्रममा सिटी–ट्रीले वातावरणबाट २७५ रुखले बराबर कार्बनडाइ अक्साइड हटाइएको देखिएको थियो ।

त्यस अतिरिक्त प्रति दिन २५० ग्राम पार्टिकुलेट म्याटर पनि सफा गरेको थियो । यसले प्रदुषण सोस्नेमात्र होइन, अक्सिजन फ्याक्छ पनि । फलस्वरुप सिटी–ट्रीले दोहोरो फाइदा दिन्छ ।

बेन्चमा इन्टरनेट सम्पर्क भएकाले यसले वरपरी वातावरणको निरन्तर मापन गरिरहेको हुन्छ । बेन्चले प्रदुषण तथ्याकं, हावा तापक्रम, पानी गुणस्तर र माटो आद्रता तथ्याकं दिनेगर्छ ।

त्यस अतिरिक्त, बेन्चमा सोलार प्यानल र पानी संकलन क्षेत्र पनि भएकाले यसले आफूलाई आवश्यक उर्जा आफैले उत्पादन गर्छ । फलरुपमा यो स्व–निर्भर छ ।

ग्रिन–सिटी सोलुसन्सले उसको मुख्य लक्ष यस प्रविधिलाई घरभित्र राख्न मिल्ने बनाउने रहेको बताएको छ । तर अहिले भने यसको उच्च मुल्यले त्यो सम्भव नहुन सक्छ । कम्पनीले यसको मुल्य २७ हजार अमेरिकी डलर राखको छ ।

तथापि, हानिकारक प्रदुषण हटाउने कामका अतिरिक्त सार्वजनिक स्थानमा राख्दा यसमा विज्ञापन राख्न मिल्ने, पल प्रति पलका तथ्याकं सहरलाई उपलब्ध गराउने र आफ्नो उर्जा आफै निर्माण गर्ने भएकाले दिर्गकालमा यो उपयोगी हुन्छ । रातोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑