• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 13, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कुर्कुचो, छाला फुट्नुबाट बच्नकालागि केहि मह्तपूर्ण टिप्सहरु

नेपाल पोस्ट दैनिक
    January 2, 2020  मा प्रकाशित

Spread the love
      

सचिता सिहं लहान १७ पुस । चिसो मौसममा हातगोडा फुट्ने समस्याबाट सबैजसो नै पीडित हुन्छन् । जाडोमा चिसोको कारण सुख्खापन, छाला फुट्ने जस्ता समस्या देखापर्छन् । यस्ता समस्याले गर्दा अनुहार तथा हातगोडाको सुन्दरतामा ह्रास आउँछ ।

त्यतिमात्र होइन चिसो मौसममा छाला कालो हुने, सुन्निने, चिलाउने पनि समस्याहरु देखापर्छन् ।

त्यस्तै कहिलेकाँही राम्रोसँग ध्यान नदिँदा गोडाको कुर्कुच्चा नराम्रोसँग फुट्छ र त्यसबाट रगत बग्ने र अत्यधिक दुखाई हुने गर्छ । यसको समयमै उपचार भएन भने कहिल्यै निको नहुने र सधै कुर्कुच्चा कुरुप देखिने पनि हुनसक्छ ।

यस्ता समस्याहरुबाट बच्न औषधि वा विभिन्न क्रिमहरुको प्रयोग गर्दा पनि छालामा समस्या आउन छोडेको छैन भने घरेलु विधिहरु प्रयोग गर्न सकिन्छ ।

तातोपानी
चिसो मौसममा राति सुत्नुभन्दा पहिले केही समय आफ्ना हातगोडा तातोपानीमा डुबाउनुपर्छ । त्यसमा ३ चियाचम्चा चिनी राखेर धुँदा छालामा लागेको फोहोर पनि सफा हुन्छ । त्यसपछि सफा गरेर क्रिम लगाउँदा छाला नरम हुने र फुट्ने समस्या कम हुँदै जान्छ ।

मोस्चराइजर
हातगोडामा नुहाएपछि र राति सुत्नुभन्दा अगाडि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोस्चराइजरको सट्टामा तेलको पनि प्रयोग गर्न सकिन्छ ।

जुत्ता 
जाडोको समयमा न्यानोको लागि दिनभरी जुत्ता लगाइरहनुपर्ने हुन्छ । त्यसैले सकेसम्म आरामदायी जुत्ताको प्रयोग गर्नु उचित हुन्छ । जुत्ता यस्तो हुनुपर्छ जसबाट हल्का हावा पनि छिर्न सकोस् । यदि कुर्कुच्चामा फुटेर घाउँ भएको छ भने केही समय खुल्ला राख्ने गर्नुस् । यदि लामो समयसम्म गोडामा जुत्ता लगाइराखियो भने चिलाउने समस्या पनि पैदा हुनसक्छ ।

कागती 
गोडाको समस्या हटाउन र त्यसलाई नरम राख्न आधा कागती काटेर धल्ने गर्नुस् । त्यसपछि नुन हालेर तातोपानीमा गोडा डुबाउने गर्नुस् । यो प्रक्रिया एक हप्तासम्म गर्दा गोडामा भएको समस्या समाधान हुँदै जान्छ ।

पानी
चिसो लाग्छ भनेर जाडो मौसमा कतिपिय मान्छे पानी धेरै कम मात्रामा खाने गर्छ । पानीको कारणले पनि छाला सुकेर फुटन थाल्छ ।

तेल
गोडामा हुने रुख्खापन हटाउनको लागि कहिलेकाँही फुटेर निस्किएको छालालाई कैँचीले काटेर फाल्नुपर्छ । छाला काट्दा धेरै पीडा हुने हुँदा तेलले विस्तारै मालिस गर्नुपर्छ ।

चिनी 
एक चियाचम्चा सूर्यमुखी फूलको तेलमा २ चम्चा चिनी हालेर विस्तारै गोडामा मसाज गर्दा गोडामा टाँसिएको धुलो सफा हुने र गोडाका समस्याहरु कम हुँदै जान्छ ।

घिउकुमारी
घिउकुमारीको बिचको भागलाई काटेर फुटेको अथवा सुखा परेको ठाँउमा लेप लगाउनुपर्छ । यसबाट फुटेको भाग निको भए संग संगै सफा र चम्कििलो पनि  ल्याउछ ।,View Post

हरीयो सागपात, पहेलो फलफुल पनि नियमित खादाँ जिउलाई हेल्दि राख्नुको साथै छालामा चमक पनि रहन्छ ।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे
  • के तनावका कारण कपाल फूल्छ?
  • गर्मीमा घमौराबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपायहरु
  • सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने
    • पछिल्ला
    • लोकप्रिय
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    रक्तदान कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    एन सि सि को ८ औं वार्षिकोत्सव मा वि सोनवर्षमा सम्पन्न
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑