Breaking News · अटो · अन्तर्वार्ता · अर्थनीति · कभर स्टोरी · खेलकुद · गृह सजावट · छुटपुट · देश · देश बाहिर · धर्म-संस्कार · नेपाल पोस्ट दैनिक बिशेष · पत्रपत्रिकाबाट · पर्यटन · प्रदेश १ · प्रदेश २ · प्रदेश ३ · प्रदेश ४ · प्रदेश ५ · प्रदेश ६ · प्रदेश ७ · प्रवास · फिचर · फिटनेस · फेसन · बिजनेस · बैँक / वित्त · मनोरञ्जन · मुख्य समाचार · यौन स्वास्थ्य · रोजगार · विचार · विचित्र संसार · समाचार · सामाजिक संजाल · साहित्य · सिफारिस · सूचना-प्रविधि · सौन्दर्य · स्वास्थ्य-जीवनशैली

सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने

काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ।

सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो बाटो खुला भएको छ । यसरी सम्झौता भएपनि अहिले नै कार्यान्वयन हुने छैन । उक्त सञ्चयकोषका मूख्य प्रबन्धक जिवन कटवालले दिएको जानकारी अनुसार विद्युतीय भुक्तानीको कार्यान्वयन साउन एक गतेबाट हुने छ ।

पहिलो चरणमा भुक्तानी मात्र गर्ने भएपनि यसको प्रयोग पछि क्रमशः संकलन पनि विद्युतीय मार्फत नै हुने उनले बताएका छन् । कोष अहिले भुक्तानीको परिक्षणमा छ ।

परिक्षण सफल भएको अवस्थामा सञ्चयकोषबाट रकम संकलनमा पनि एनसिएचएल मार्फत नै गर्ने जनाएको छ । सम्झौता अनुसार कर्मचारी सञ्चयकोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबार स्वचालित रुपमा गर्नेछन् ।

कोषले गर्ने भुक्तानीलाई लाभग्राहीको खातामा सोझै जम्मा गर्न सकिनेछ । सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चयकोष किस्ता आदिको भुक्तानी समेत अनलाइन वा कुनै पनि बैंक खाता मार्फत गर्न सक्ने व्यवस्था गरेका छन्।

कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन् । यसमा ३० हजार सूंथा आवद्ध छन् । सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रदानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।