रौतहट २१ मंसिर । महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह महिलामाथि बलात्कार र यातना आरोपमा शुक्रबारदेखि प्रहरी हिरासतमा छन्।
‘बलात्कार घटनामा संलग्न रहेका सुधिरकुमार सिंहलाई पक्राउ गरिसकिएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सेतोपाटीसँग भने, ‘आइतबार मुद्दा दर्ता गर्छौं। जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरू गरिन्छ।’
प्रहरीका अनुसार मंसिर १७ गते चितवनकी एक ३० वर्षिया महिला घुम्न रौतहट पुगेकी थिइन्।भोलिपल्ट उनी घर फर्कन गाडी खोजीमा सडकमा भएका बेला स्वास्थ्यकर्मी सिंहसँग भेट हुन्छ।
ती महिला गौर बसपार्क नजिकै बसिराखेका बेला सिंहले गाडी चढाउन सहयोग गर्छु भन्दै आफ्नो मोटरसाइकलमा राखेका थिए। चन्द्रनिगाहपूरबाट चितवनका लागि गाडी चढाइदिने बताए पनि सिंहले गौरबाट करिब १५ किलोमिटर टाढा आफू कार्यरत स्वास्थ्य संस्थामा ती महिलालाई पुर्याए। सेतोपाटिबाट