• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अछाममा छाउगोठमा आगो बालेर सुत्दा निसासिएर महिलाको मृत्यु

नेपाल पोस्ट दैनिक
    December 2, 2019  मा प्रकाशित

Spread the love
      

अछाम १६ मंसिर ।  अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरको डिग्रेनीगाउँकी पार्वती बुढा (राउत) को छाउ गोठमै मृत्यु भएको छ । महिनावारी भएको समयमा छाउ गोठमा बसेकी बुढा सोमबार बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

झ्याल नभएको साँघुरो छाउगोठमा आगो बालेर सुत्दा निसासिएर उनको मृत्यु भएको प्रारम्भीक अनुमान प्रहरीले गरेको छ । शरीरमा कुनै चोटपटक समेत नदेखिएकाले मृत्युको अन्य कुनै कारण हुनसक्ने शंका नरहेको घटनास्थल पुगेकी महिला अधिकारकर्मी पशुपति कुँवरले बताइन् । ‘शरीरमा कुनै चोट छैन । धरपकड भएको जस्तो पनि देखिदैन्,’उनले भनिन्,‘मृत्युको अरु कुनै कारण छ जस्तो लाग्दैन ।

घरदेखि सय मिटर टाढा रहेको छाउघरमा सुतेकी २१ वर्षकी बुढा बिहान अबेरसम्म पनि बाहिर ननिस्कीएपछि ढोकाखोलेर हेर्दा मृत अवस्थामा भेटिएकी हुन् । प्रहरीको प्रारम्भीक अनुसन्धाले पनि बुढाको निसासिएर नै ज्यान गएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार ७ फिट लम्बाई, ८ फिट चौडाई र ६ फिट उचाई रहेको साँघुरो छाउगोठमा आगोको धुवाले निसासिएर उनको मृत्यु भएको हो । ‘छाउघरको ढोका बन्द थियो, धुवा निकास हुने अरु विकल्प थिएन,’उनले भने,‘अहिलेसम्मको हाम्रो अध्ययनले निसासिएरै मृतयु भएको देखिन्छ ।’ मृतकको सोमबार नै पोष्र्टमाटम गरिएको उनले बताए ।

यो सँगै छाउगोठमा ज्यान गुमाउने महिला तथा किशोरीको संख्या १४ पुगेको छ । नयाँ पत्रिकाबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • आज ज्योतिष दिवस, अनुसन्धानकर्ताहरू र साधकहरूले विशेष रूपमा मनाउने पर्व
  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑