लेखक तथा साहित्यकार राजेश विद्रोही राष्ट्रिय अख्यान कथा प्रतियोगितामा देशकै उत्कृष्ट टपटेन पुरस्कारबाट पुरस्कृत भएका छन् । चितवनको कविडाडाँ साहित्य समाजले अायोजना गरेको राष्ट्रिय व्यापी कथा प्रतियोगितामा ६१ जना साहित्य स्रष्टाहरुले कथा पठएका थिए जसमध्ये ११ जना उत्कृष्ट टपटेनमा परेका हुन ।जसमा राजेश विद्रोही पनि परेको हो ।
शनिबार चितवनको सौराहामा आयोजित कार्यक्रममा विद्रोही सहित ११ जना टपटेन उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएको हो । राष्ट्रिय अख्यान कथा सम्मेलनमा टपटेनमा परेकाहरुलाई प्रमुख अतिथि तथा प्रग्या प्रतिष्ठानकि प्राग्य माया ठकुरीले सम्मान गरेकि थिइन भने कार्यक्रमका अध्यक्षता कविडाडाँ साहित्य समाजका अध्यक्षय कवि एलबी छेत्रीले गरेका थिए ।
कार्यक्रममा कविडाडाँ साहित्य समाजले मुलुकका दर्जनभन्दा बढी बरिष्ठ साहित्यकारहरुलाई नगद सहित सम्मान पनि गरेका छन् ।