• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पशुबलीका लागि प्रसिद्ध गढीमाई मेला आजबाट शुरु

नेपाल पोस्ट दैनिक
    November 17, 2019  मा प्रकाशित

Spread the love
      

बीरगंज  १ मंसिर– विश्वमै पशुबलीका लागि प्रसिद्ध बाराको गढीमाई मेला आजदेखि सुरु भएको छ । प्रत्येक पाँच वर्षमा एक–पटक महागढीमाई नगरपालिकास्थित बरियारपुरमा लाग्ने १ महिने गढीमाई मेलामा लाखौं भक्तजनको भीड लाग्ने गर्दछ ।

यस पटकको पञ्च वर्षिय गढीमाई मेलामा नेपाल, भारतलगायत तेस्रो मुलुकबाट ६० लाखभन्दा बढी श्रद्धालु भक्तजन तथा दर्शनार्थी आउने विश्वास गरिएको छ । पर्यटन बर्ष सन् २०२० का लागि सरकारले पहिचान गरेका देशका सय गन्तव्यभित्र पर्न सफल बरियारपुरस्थित गढीमाई मन्दिरमा लाग्ने पाँच बर्षिय मेला धार्मिक पर्यटक भित्र्याउने ठुलो माध्यम बन्ने सक्ने महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

मेला भव्यरुपमा सम्पन्न गर्नका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ । एक महिनासम्म लाखैको संख्यामा आउने भक्तजनको व्यवस्थापन मेला समिति र सुरक्षाकर्मीका लागि मुख्य चुनौती थपिएको छ । मंसिरको दोस्रो सातादेखि मेलामा भीड बढ्ने अनुमान गरिएको छ ।

आज मंसिर १ गतेबाट सुरु भएको मेलामा १७ गते पंचबलिसहित रांगा बलि तथा १८ गते बोका बलि हुने गढीमाई मंदिरका पुजारी मंगल चौधरीले जानकारी दिनुभयो । २०७१ सालको मंसिर महिनामा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब ८० हजारको हराहरीमा रांगा तथा बोकाको बली दिइएको पुजारी मंगल चौधरीले बताउनुभयो ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहाले पशुबलीको समयमा भक्तजनको धेरै भीड लाग्ने हुँदा त्यसै अनुसारको तयारी भइरहेको जानकारी दिनुभयो । एक महिने मेलामा ६० लाखभन्दा बढी श्रद्धालु भक्तजनले मन्दिरको दर्शन गर्न आउने अनुमान गरिएको कुशवाहाले बताउनुभयो । गढीमाई मेलालाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले विशेष रणनीति बनाएको छ ।

२०७१ मा लागेको गढीमाईको मेलामा ४५ लाख भन्दा बढी श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरु आएका थिए । मेलामा श्रद्धालु भक्तजनहरुको भीडलाई ध्यानमा राखि आवश्यकता अनुसारको एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको सुरक्षा समितिले जनएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समिति संयोजक फणिन्द्रमणी पोखरेलले मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो ।

मेला अवधिभर उक्त क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखेरलले जानकारी दिनुभयो । मेलाको सुरक्षाका लागि विभिन्न स्थानमा ६० वटा सिसिटिभी क्यामरा जडान भइरहेको र मेलाको समयमा ड्रोनबाटसमेत निगरानी गर्ने तयारी भइरहेको राठौंरले बताउनुभयो ।

मेलामा आउने धार्मिक पर्यटक तथा श्रद्धालुहरुलाई आवत जावतका लागि सहज पुर्याउन वीरगंजदेखि कलैया हुदै गढीमाईसम्मको सडक निर्माण कार्यसमेत सम्पन्न हुन लागेको र ग्रामिण क्षेत्रका सडकहरुलाई समेत मर्मत सम्भार गरिएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

मुख्य गरी मेला लाग्ने १६,१७ र १८ गते गढीमाई मेलामा ५० लाख भन्दा बढी दर्शनार्थीहरु आउने अनुमान गरिएको छ ।

३ दिनका लागि सोही अनुपातमा दर्शनार्थीको व्यवस्थापन गर्नपर्ने हुँदा यसतर्फ स्थानिय जनप्रतिनिधि, सुरक्षा निकाय, मेला व्यवस्थापन समिति सहित स्थानीयबासिन्दाकोसमेत सहयोग अपरिहार्य रहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑