• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा प्रथम वडा स्तरीय समा चकेवा महोत्सव सम्पन्न

नेपाल पोस्ट दैनिक
    November 14, 2019  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २८ कार्तिक । तराई क्षेत्रका थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् ।

बुधबार लहान नगरपालिका १८ भदैयामा वडा स्तरीय प्रथम समा चकेवा महोत्सवमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।

सबै जातजातिहरुको आ(आफ्नै किसिमका मौलिक परम्परा र संस्कृतिहरु रहेका छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी जनजाती थारुहरुको पनि आफ्नो अलगै किसिमको मौलिक परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो। यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।

यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्।
प्रदेश २ सिरहा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य लगन लाल चौधरीको पमुख अतिथि र प्रथम वडा स्तरी समा चकेवा महोत्सव २०७६ मुल समारोह समितिका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा भरीका ६ वटा समुहमा बाजाँ गाजा सहित कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा थारु मौलिक झँिकने थारु गित ८० वर्षिय डोमि चौधरी प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत राम प्रसाद चौधरीले गर्नु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑