सिरहा १ कार्तिक । सिरहाको सीमावर्ती क्षेत्र कचनारीबाट ठुलो परिमाणमा लागुऔषध सहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको गोलबाजार नगरपालिका ६ बस्ने प्रेम कुमार साहको छोर २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका १ बस्ने श्याम सुन्दर यादवको छोरा २० वर्षीय नवीन कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक एसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबै कारोबारी निकै समय देखि लागुऔषध ओसारपोसार कार्यमा संलग्न रहेकोले जिल्ला प्रहरी कार्यालय सिरहाका मातहातका बिशेष प्रहरी टोलीले प्रहरी चौकी काचनारीको सहयोगमा उनलाई पक्राउ गरेको एसपी चतुवेर्दीले बताउनु भयो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको उनले बताउनु बताए ।
उहाँका अनुसार पक्राउ परेका दुई कारोबारीले छिमेकी मुलुक भारतबाट नेपालमा प्रतिबन्ध लगाईएका ८९ बोतल डीलक्स नामक लागुऔषध सहित पक्राउ गरेको हो ।