समाजवादी पार्टीका नेता तथा राजनीतिक चिन्तक राजेश विद्रोहीले राजाको ठाउँमा गाउँघरका सामन्त र जमिनदारहरु अोगटेको टिप्पणी गरेकाछन् ।
दुईसय चालिस वर्ष भन्दा धेरै एउटा राजा र राजपरिवारले नागरिकको रगत पसिना चुसिरहेको थियो भने अहिले हजारौं राजा र राजपरिवारहरुको जन्मको कारण नागरिक बाँचेर पनि जिउँदै मरिरहेको अनुभव गर्न रहेको पनि बताएका छन् । सर्वसाधारण नागरिकलाई अधिकारबाट बन्चित गरेर जबर्जस्ती गाउँका राजा रजौटाहरुले शासन चलाईरहेको बताएका छन् ।
उनले भनेका छन्, राजनितीको नाममा निर्वाचन जितेर हिजोका सामन्त जमिन्दारहरु बैधानिकरुपमा नागरिकलाई चुसिरहेकोले त्यसको विकल्प नागरिकले दिनुपर्ने बताएका छन् । फेस्बुकामा स्टाटस लेख्दै विद्रोहीले भनेका छन् – ” राजाको ठाउँमा गाउँघरको सामन्त र जमिनदारहरु राजनीतिको नाममा निर्वाचन जितेर राजा भएपछि समाजको हालत के हुन्छ ? त्यही भएको छ ।
” त्यसैले मुलुकको व्यवस्था फेरिए पनि अवस्था उस्तै रहेको प्रति दुःख ब्यक्त गरेका छन् भने अचेत समुदायलाई सचेत हुन् खबरदारी पनि गरेका छन् ।