समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता राजेश विद्रोहीले मुलुकको राजनिती गाउँघरका सामन्त र जमिनदारहरुले कब्जा गरेको बताएका छन् ।
विहिवार सप्तरीको खर्चुहिया बजारको शर्मा पार्टी प्यलेसमा अायोजित समाजवादी युवा संघको समायोजन कार्यक्रममा बोल्दै विद्रोहीले मुलुकमा सामन्तवाद र जमिनदारी प्रथाको अन्त्य नभएको र गाउँले सामन्तवाद राजनीतिमा प्रत्येक्ष अप्रत्यक्ष रुपमा हावी रहेको बताएका छन् । उनले भने अझैं पनि समाजमा गरिव धनी बीचको खाडल छ ।
हिजो पेटपाल्ने र एक इन्च जमिन खाली नहुनेबेला जमिनको मूल्य थिएन् । अहिले त्यहीँ जमिल अाँखाले भ्याएसम्म बाँझो छ । एक छाँक पेट पाल्दैन् । उब्जाउने श्रमशक्ति सबै विदेशीएका छन् । अनि त्यो जमिनको मूल्य अकासिएको छ । यसको मतलव जसलाई जमिनको खाँचो छ त्योसँग जमिन छैन् । जसलाई जमिनको खाँचो छैन् तिनैसँग अझै पनि जमिन छ र तिनै मान्छेहरु राजनितीमा हावी भएकोले मुलुक अझै पनि अनिश्चितको दिशामा रहेको पनि बताउनु भयो ।
त्यसैले राजनीतिमा यसको अन्त्य जरुरी छ । मुलुक परिवर्तनको इतिहासलाई हेर्ने हो भने मुख्य शक्ति युवा नै हो तर, जव युवाको अधिकारको कुरा अाउँछ त्यसपछि युवाहरुलाई कहिले खाँडी मुलुक खोलेर त कहिले एन्जिमा अल्झाएर अवसरवादी दलाल शक्तिहरुले सताको बागडोर हातमा लिदै अाएकाले युवा शक्ति सचेत हुनको विकल्प नरहेको पनि बताउनुभयो ।
त्यसैले युवाले चाहेको खण्डमा उत्पीडित समुदायलाई क्षणभरमै अधिकार दिलाउन सक्छन् । र, मधेसको बाँकी सपना पुरा गर्न सक्ने पनि बताए ।
कार्यक्रममा प्रदेश २ को अर्थमामिला मन्त्री विजय यादव, कृषि सहकारी मन्त्री योगेन्द्र यादवको विशेष अातिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्रोहीले त्यसो भनेकाहुन् ।
