सिरहा २२ आश्विन, सिरहा नगरपालिकाबाट अपरहणमा संलग्न गाडी सहित तिन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्तीटोलीले सिरहा नगरपालिका वडा नं. ९ बाट अपहरणमा संलग्न तिन जनालाई पक्राउ गरेको छ ।
भारतिय नम्वरपलेटको विआर ३२प.४२६२ नं.को स्कारपियोमा उदयपुर जिल्ला घर ठेगाना भएको १६ वर्षीय युवतीलाई अपहरण गरी लगी रहेको अवस्थामा प्रहरीले ३ जनालाई नियन्त्रण लिइएको जानकारी दिनु भयो ।
उक्त गाडीमा अझै दुई जना सवार रहेको थियो उनीहरु प्रहरीलाई देखेर भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । श्रोतका अनुसार यो घटना आज विहानको हो तर हाल सम्म प्रहरीले सार्वजानिक नगर्नु शंकाको विषय वनेको छ ।
यता पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजानिक गर्न प्रहरीले आनाकानी गरिरहेको छ ।