• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा मुस्लिम मुस्लिम बीच झडप हुँदा १६ जना गम्भीर घाइते

नेपाल पोस्ट दैनिक
    October 9, 2019  मा प्रकाशित

Spread the love
      

सिरहा, २२ असोज । सिरहा नगरपालिका–१२ सारश्वरस्थित मैन र नटवा टोलबीच एक आपसमा झगडा हुँदा १६ जना व्यक्ति घाइते भएका छन् ।

फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुन लगायतलाई रेफर गरिएका छन् ।जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईन लगायतको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ । घाइतेहरु मध्ये अधिकांशको टाउ र हातमा काटिएको छ भने लाठीको डाम देखिएका छन् ।

१६ घाइते मध्ये ९ जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर रेफर गरिएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।

दुबै टोलका युवाहरुले दुर्गा मेला हेर्न गएको बेला भएको विवादलाई लिएर झगडा भएको स्थानीयहरुले बताएका छन् । उनीहरुका अनुसार छलफलको माध्यमबाट पहिला भएको विवादलाई टुंगो लगाउने सहमति भएको थियो तर तरकारी बेच्न गइरहेका बिपतिया राईनलाई पक्रेर कुटपिट गरेपछि दुईतर्फा झगडा भएका छन् ।

घटनाबारे सूचना आए लगत्तै प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमा प्रसाद चर्तुवेदीले बताए । दुई टोलबाट सोधपुछका लागि मान्छे पक्राउ गरि ल्याएको र थप अनुसन्धान भईरहेको उनले जनाए । अप्रिय घटना हुन नदिनका लागि प्रहरी टोली परिचालन गरिएको उनले थपे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • आज ज्योतिष दिवस, अनुसन्धानकर्ताहरू र साधकहरूले विशेष रूपमा मनाउने पर्व
  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑