आरोहण शाह वीरगञ्ज २२ असोज । वीरगञ्ज कारागारका कैदीले एकापसमा टीका तथा जमरा लगाई विजयादशमी मनाएका छन् । विभिन्न मुद्धामा कारागारमा थुनामा रहेका १ हजार ३ सय १३ जना कैदीले एकापसमा टीका तथा जमरा लगाउनुका साथै प्रमुख पर्सा जिल्ला अधिकारीबाट टीका ग्रहण गरेका हुन् ।
पर्सा जिल्ला वीरगञ्ज कारागारमा १३०३ कैदि रहेको छ जसमा १२०३ पुरुष , १ सय महिला र १० बालबालिका कैदीबन्दीहरुले पनि उल्लासका साथ दशैँ मनाऐका छन् । जानेर वा अन्जानमा गरिएको अपराधको सजाय काटिरहेका कैदीहरुका आफन्तले कारागारमै पुगी टिका लगाएका छन । दशैँ मनाइएपनि कैदीहरुमा भाईचारा र सद्भाव वृद्धि भई कारागार सुधारमा समेत बल पुग्ने गरेको छ । घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाई कैदीहरु एक आपसमा खुसी साटसाट गरेको बताउछँन् वीरगंज कारागारका जेलर श्रवण कुमार पोखरेलले ।
विभिन्न अपराध गरेको अभियोगमा दोषी पाइएपछि बन्दी जीवन भोगिरहेका र अदालतमा मुद्दा विचाराधीन रहेका थुनुवाका आफन्तलाई छोटो समयका लागि भेटघाट गर्न दिने चलन रहेको छ । प्रत्येक बर्षझै यस बर्षपनि वीरगञ्ज कारागारका जानेर वा अन्जानमा गरिएको अपराधको सजाय काटिरहेका कैदीहरु विजयादशमीका दिन टीका तथा जमरा लगाउने कार्यकाक्र गर्दै आऐको छ । घटस्थापनादेखि नौ दिनसम्म दसैँघरमा कैदीहरु दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाऐको छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी कैदीहरु आफन्तबाट टीका ग्रहण गरेका छन् ।
कारागारमा दशैं टिकाको दिनदेखी कैदीबन्दीहरुलाई टिका लगाउने र कैदि बन्दिहरुले आफ्ना आफन्तहरुलाई टिका लगाउन कारागारको आन्तरिक प्रशासनको संयोजन र नेपाल प्रहरीको सुरक्षा घेरामा बिहानेदेखी साँझसम्म टिका थाप्ने गरी कैदीबन्दीहरुका लागी ब्यवस्था गरिएको छ । कारागार भित्र दशै मनाउदा घरपरिवारमा मनाए जसरी दशै मनाउन पाउदा खुसी भऐका छन् ।