आरोहण शाह वीरगञ्ज २१ असोज । बडादशै ,दिपावली तथा छठपर्वलाई लक्षित गर्दै सिमामा खटेका शसस्त्र प्रहरीहरुकै संरक्षणमा रातभरी वीरगञ्ंज भन्सार क्षेत्रबाट तस्करी भईरहेको छ । वीरगंञ्ज भन्सार आसपा नाकाबाट सवारी साधनमा लोड गरी मरिच र केराउ भारतको बिहार, उत्तर प्रदेश, दिल्लीसम्म पठाइने गरिन्छ ।
मरिच तथा केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको छ । साइकल, मोटरसाइकल, ट्र्याक्टर र ट्रकमासमेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उदेश्यले भन्सार क्षेत्रमा खटने शसस्त्र प्रहरीको सेटिङमा तस्करी भईरहेको छ ।
वीरगञ्ंज भन्सार क्षेत्र बाटो हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी प्रहरीहरुकै सहयोगमा भारतिय सिमावर्ती सहर रक्सौल पुरयाईरहेको छ । मरिच र केराउ, साईकल र मोटरसाईकलमा लोड गरी नेपाल बाट भारत तर्फ ओसार पोसार तिब्र गतिमा भईरहेको छ । सिमामा खटेका प्रहरीहरुकै संरक्षणमा रात भरी केराउको तस्करी भईरहेको छ ।
पर्सा जिल्लामा तस्करी गतिविधी बढदै गऐ पछि मुलुककै प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको छ । भन्सार विभागले दिएको राजश्वको लक्ष्य उठाउन असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाऐको छ । शसस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढन थालेको छ ।