समाचार

सप्तरीको विभिन्न स्थान बाट लागु औषध सहित तिन जना पक्राउ

राधेश्याम राम र असोज १० गते राजविराज सप्तरी सप्तरी जिल्लाका बोदेवर्साईन नगरपालिका र सुरुङ्गा नगरपालिकाको विभिन्न स्थान बाट लागु औषध सहित तिन जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा खडक नगरपालिका वडा नंं ९ वस्ने छेदीलाल चौधरीका वर्ष २९का छोरा प्रभु नारायण चौधरी रहेका छन । निज चौधरीलाई वोदेबसाईन वजारमा एक जना पैदल यात्रीलाई आफु चढेको साईकल बाट ठक्कर दिदाँ प्रहरीले पक्राउ गरी तलासी गर्दा निजको साथ वाट १३ थान नाईट्राभेट टेवलेट बरामद गरेको प्रहरीले जनाईएको ।

यता ईलाका प्रहरी कार्यालय सुरुङ्गा २ भेडीया प्रहरी र ईलाका प्रहरी कार्यालय कडरबोनाका सादा पोषाकका प्रहरीले गोप्य सुचनाको आधारमा सोही नगरपालिका वडा नं. १ स्थीत मैनडावर वाट विहिवार साँझ बिक्रि गरिरहेको अवस्थामा दुई जना युवाहरुलाई पक्राउ गरिरहेको प्रहरी निरिक्षक राम राजा केशरीले जानकारी दिनु भएको छ ।

पक्राउपर्नेहरुमा स्थानिय लालबहादुर दहालको बर्ष २२को छोरा प्रविण दहाल र त्रियुगा नगरपालिका ६ वस्ने गुलाब अलिका वर्ष २३को छोरा शाहिद अलि रहेका छन । निजहरुको साथवाट १५ थान ईम्पुल लुपीजेसिक, नाईट्रोजन १८ थान, फेनारगंज १२ थान समेत बरामद गरेको प्रहरीले जानकारी दिनु भएको छ, निजहरुलाई कानुन अनुसार मुद्धा चलाउने प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।