इटहरी । विभिन्न सामाजिक काम गर्दै आएको संस्था ‘लायन्स क्लब अफ इटहरी मनकामना’को आयोजना तथा वेदान्त हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कार्यक्रम ‘लायन्स क्लब डिस्ट्रिक ३२५ ए वान’का एरिया चिफ लायन नरनाथ सापकोटा एमजेफको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष लायन सुमी थापा को अध्यक्षता भएको थियो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित पशुपति चोकमा १ सय ७० जनाको निःशुल्क सुगर, प्रेसर लगायत नियमित चेकजाँच साथै औषधिहरु वितरण गरिएको कार्यक्रम संयोजक लायन दीपेन्द्र घिमिरेले बताए ।