सुनसरीको इटहरीमा नेपाल अंग्रेजी भाषा शिक्षक संघ(नेल्टा)ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘टिचर प्रोफेसनल डेभलपमेन्ट ह्वाई एंड हाऊ’ भन्ने विषयमा नेल्टाका वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता भएको थियो
।नेल्टा सुनसरीका अध्यक्ष रविन वरालको सभापतित्वमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा अतिथि नेल्टाका केन्द्रीय सदस्य केशब प्रसाद भट्टराई, नेल्टा प्रदेश १ का महासचिब चेतननाथ निरौला, प्रदेश १ नेल्टा सदस्या प्रो.डा. इंदिरा आचार्य मिश्र, मोरङका नेल्टा अध्यक्ष गणराज नेपाल, सेट्रापका अध्यक्ष प्रो.डा. रामजी तिमल्सिना लगाएत १ सय भन्दा बढी अंग्रेजी भाषाका शिक्षकहरूको सहभागिता को थियो ।
इटहरीको पिसजोन स्कुलमा भएको अन्तरक्रिया कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको नेल्टा सुनसरी सचिव साजन चौधरीले जानकारी दिए ।