बिटु सिंह भदौ २८, सिरहाको कर्जन्हा नगरपालिका वडा न.११ स्थित रहेको कर्जन्हाबजारमा अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको प्रमुख अथिती आन्तरिक कानुनी तथा मामिला राज्य मन्त्री सरोज कुशवाहाले मानवअधिकारक साधारण सभाको शनिबार उद्घाटन गरका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कुशवाहाले मानवअधिकारको संरक्षणका लागि विश्वव्यापीरुपमा नै विभिन्न संरचना बने पनि उल्लंघनका घटना बढेकामा चिन्ता व्यक्त गरे । राज्यमन्त्रीलाई विकसित गरी समृद्ध पारी सामाजिक व्यवस्था स्थापना गर्न सकेमात्र मानव अधिकारको सुनिश्चतता हुने मन्त्री कुशवाहाको भनाई थियो ।
यसका लागि तीनै तहको सरकारको उत्तिकै भूमिका हुने समेत मन्त्रीले बताउनुभएको छ । संविधानमा उल्लेख भएका शिक्षा, स्वास्थ्य लगायत मानिसको आधारभूत आवश्यकताका साथै समग्र विकासमा सबै क्षेत्रमा नागरिकको समान पहुँचका लागि मुलुकमा संघीय व्यवस्था स्थापना भएको भन्दै मन्त्री कुशवाहाले लक्ष्य प्राप्तिका लागि संविधानमा व्यवस्था भएका कुराहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।
संविधानमा भएका कुराको पुर्ण कार्यान्वयन नै मानव अधिकारको सुनिश्चतता हुने समेत उहाँले बताउनुभयो । यस कार्यक्रममा समिति र अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको प्रमुख बिष्टअथिति कर्जनहा नगर प्रमुख गंगा पसावनले खुलालले समाजमा मानव अधिकार उल्लङ्घनका घटनाहरु व्याप्त रहेको भन्दै कार्यक्रम गरेर नहुने बताउनुभयो । उहाँले समाजमा मानव अधिकार सम्बन्धी शिक्षा प्रदान गरेर जनताको चेतनाको स्तर बढाएर मानव अधिकार उल्लंघनका घटना न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगारीका क्रममा धेरैको मानव अधिकार हनन् भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।यस्तै नेपाल अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको समिति धन्यवाद!लागाइत उपस्थित भएका सबैभन्दा महिलालाई र पुरुषलाई पनि धन्यवाद! दिनु भएको थिए।
जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् गैरसरकारी संघ संस्थाका प्रतिनिधिहको सहभागिता रहेको थियो । यता अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभा अधिवेशन भब्यताको साथ सम्पन्न गरेको छन।