खेमराज सापकोटा ईटहरी २३ भदौ । डिके फोटोग्राफि एण्ड तिज कन्टेस्टको नतिजा सार्वजनिक सुनसरीको इटहरीमा डिके फोटोग्राफि एण्ड तिज कन्टेस्टको नतिजा सार्वजनिक गरीएको छ ।
महीलाहरुको माहान चाड तिजको अवसरमा १ हजार ३ सय ७३ जना सम्मेलीत प्रतियोगितामा प्रथम आपेक्षा राजभण्डारी, द्धितिय संगिता चौधरी र तृतिय संजिला ढकाल न्यौपाने भए । त्यस्तै वेष्ट फोटोग्राफी कमला वस्नेत भईन् । प्रतियोगितामा विजेता भएका उनिहरुलाई ताज सहित ट्रफि बिभिन्न पुरस्कारले सम्मान गरीएको छ ।
प्रतियोगिता फेसवुक पेजमा राखिएको फोटोमा लाईक र सेयरको आधारमा विजेता घोषणा गरीएको हो । प्रतियोगितामा सहभागि १ हजार ३ सय ७३ जना मध्येवाट उत्कृष्ट १० वाट पनि नतिजा सार्वजनिक गरीएको डिके फोटोग्राफिका संचालक कविन खड्काले जानकारी दिए । कार्यक्रममा दिनेश कोइराला, दिपक वराल लगाएत सहभागिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम ज्ञानु घिमीरेले संचालन गरेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट १० प्रतिस्पर्धीलाई प्रमाणपत्र समेत प्रदान गरीएको थियो ।