राजेश राम लहान ७ भादौ । शनिवार सार्वजनिक विदाको समयलाई सदुपयोग गरेर सिरहा मिर्चैयाका मुक्तिनाथ विकास बैंकले समुदायक स्तरीय चेतनामूलक कार्यक्रम संचालन गरेको छ ।
शनिवार ५ गते कर्चन्हा नगरपालिका १, बन्दीपुरमा २०० सय महिलाहरुको सहभागितामा महिला स्वास्थ्य परियोजना तथा प्रजनन स्वास्थ्य सम्बन्धि समुदायक स्तरीय चेतनामूलक कार्यक्रम सम्पन्न गरेको मुक्तिनाथ विकासबैक मिर्चैयाका शाखा प्रबन्धक अरुण कुमार महतोले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा शाखा प्रबन्धक अरुण कुमार महतो लगायत बैंकका अन्य कर्मचारीहरु, त्यसैगरी अातिथ्यका रुपमा फूलकुमारी मेमोरियल हँस्पिटलबाट भावना साह, HURANDEC संस्थाबाट नमिता चौधरी, OK NEPAL संस्थाबाट सुमित्रा पोखरेल, कल्याणपुर नगरपालिका ७, का वाडाअध्य मोतिबुलन राईन, गोलबजार नगरपालिका स्वास्थ्य चौकीका सहायक सत्रुधन साह लगायतका सहभागीतामा सम्पन्न भएको थियो ।