सप्तरी अग्णि कृष्णसाईर गाउँपालिका वाडा न. १ का समाजवादी पार्टीका ७२ वर्षीय मोतिलाल चौधरीलाई मोटरसाइकले ठक्कर दिदा मृत्यू भएको छ ।
सोमबार बेलुका ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको को ३४ प ८३३७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इनरुवा नगरपालिका वाडा न. २ का रोशन थापाले पूर्वबाट गाइबस्तु लिएर पश्चिम तर्फ घर अाईरहेको बेला महुली पुलवारी ठक्कर दिदा नेता चौधरी र एक गाईको समेत मृत्युु भएको स्थानिय कुसेश्वर चौधरीले बताए ।
उनले भने मोटरसाइकल चालक रोशन थापा अत्याधिक माधकपदार्थ सेवन गरेका थिए । मृतक मोतीलाल चौधरीको राजविराज अंचलस्पतालमा पोर्टमाटम पश्चात् महुली नदिमा समाजिक परम्परा अनुसार मंगलबार दाहसंस्कार गरेका छन् । चालक कंचनरुप ईप्रकामा छन् भने गाडि महुली ईप्रकामा छन् ।
मृतकका परिवारले चालकलाई कार्वाही र छेतीपुर्तिको माग गरेकाछन् । मृतक मोतिलाल चौधरी तत्कालीन पंचाइतकालमा राप्रपाबाट जन्डोल गाविसका अध्यक्ष समेत बनेकाथिए भने पछिल्लोपटकतत्कालीन नेकपा माअोवादी हुदै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका संस्थापक सदस्यका थिए ।
पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालको पार्टी एकतापछि बनेका समाजवादी पार्टीका स्थानिय बृद्ध नेताकोरुपमा स्थापित थिए । उहाँको मृत्यूले अतुलनीय क्षेत्री भएको समाजवादी पार्टीका केन्द्रीय नेता राजेश रामले बताएका छन् । यता समाजवादी पार्टीले अाफ्ना मृतक नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै ।
शोकाकुल परिवारप्रति धैर्यधारणको कामना गरेकाछन् । भने दोषीमाथि कडा कार्वाही सहित मृत्युका परिवारलाई छेतीपूर्ति दिलाउन सम्बन्धित पक्षसँग माग समेत गरेको छ ।