आरोहण शाह वीरगञ्ज २८ आषाढ , तेली कल्याण समिति पर्साको विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटी गठन गरेको छ । विन्दबासिनी गाउँपालिका वाड नंः ४ मघवलमा भेलामा तेली कल्याण समितिका केन्द्रीय उपाध्यक्ष विश्वनाथ साहको उपस्थितिमा गाउँपालिकास्तरीय समिति गठन भएको हो । विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटीमाअध्यक्ष पदमा हरिनाथ साह र उपाध्यक्षमा शिवनाथ साह सहित ११ सदस्यीय गाउँपालिका गठन गरेको छ ।
देश सघियतामा गईसकेपछि हरेक संगठनहरुले पनि सघियताकै आधारमा ढाँचा बनाउदै हिडेका छन् । सोहि अनुसार तेली कल्याण समिति पर्साले पर्साको विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटी गठन गरेको छ । तेसै गरि पर्सा जिल्लाको ११ वाट स्तानिय तहमा मधे ५ वाट गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ ।
केहि दिन अगाडि सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिका सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भऐको थियो ।
आज शनिबार मघवलमा सम्मपुर्ण विन्दबासिनी गाउँपालिकाका तेलीहरु को भेलमा गाउ ईकाई कमिटी अध्यक्ष पदका जिम्मवारी हरिनाथ साहलाई दिऐको छ ।