सशस्त्रले बरामद गरेको २१ लाख सम्पत्ति शुद्धिकरण विभागमा जिम्मा लगायो सीमा सुरक्षामा खटिएका महोत्तरीको सशस्त्र प्रहरीले बरामद गरेको स्रोत नखुलेको २१ लाख २२ हजार सात सय पाँच रुपैयाँ अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुरलाई जिम्मा लगाइएको छ ।
गत सोमबार सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका ९ हनुमान चौकबाट महोत्तरी गाउँपालिका वडा नं. १ डाम्हीका सुरेन्द्र ठाकुरको साथबाट बरामद सो रकमकोे स्रोत खलाउन नसकेपछि सम्पत्ति शुद्धिकरण विभागमा जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गणले सशस्त्र प्रहरीले विशेष सुराकीको अधारमा जाँच गर्ने क्रममा ठाकुरको साथबाट सो रकम फेला पारेको थियो ।
ज.११ प १७३२ नम्बरको मोटरसाईकलमा सवार भई जलेश्वर तर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेक गर्दा स्रोत नखुलेको २१ लाख २२ हजार सात सय पाँच रुपैयाँ नगद सहित ठाकुरलाई पक्राउ गरेको थियो ।