जनकपुर सम्वादा । धनुषामै बाली विज्ञान सँचालनको लागि अनुदान पाएका शहिदनगर नगरपालिकाले अब सिभिल ईन्जिनियरिँगको समेत पढाई गर्न पाउने भएको छ ।
परिषदले जारी गरेको सूचनामा धनुषाबाट ग्रामिक भेकको लागि मात्र शहिदनगर नगरपालिकाले सो अनुदान पाउने भएको छ भने शहरीया क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा समेत सिभिल ईन्जियरिँगको पढाई गर्ने भएको छ ।
सिभिल ईन्जिनीयरिँगको लागि जनकपुर र जनकपुर बाहिर मात्र जानुपर्ने बाध्यतालाई हटाउँदै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अथक प्रयासपछि सिभिल ईन्जिनीयरिँगको अध्ययापनको व्यवस्था गराएका हुन् ।
नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई नगरपालिकामा डाकेर प्राविधिक शिक्षा तर्फ बाली विज्ञान र ईन्जिनियरिँको लागि पहलको प्रतिवद्धता (वाचा) गराएका थिए । सो अनुरुप मेयर बरबरियाले जनता इकाई माविमा सिभिल ईन्जिनियरिँगको लागि पहल थाल्दै लागू गराएका हुन् । यस सन्दर्भमा कुराकानी गर्दै मेयर बरबरियाले कक्षा ११ र १२ विज्ञान संकायमा पढी गणित विषय लिएर पढने विद्यार्थीले सिभिल इन्जिनियरिँग पढन सक्ने बताए ।
सिभिल पढनको लागि कक्षा १२ मा म्याथ विषय मेजर राख्नुपर्छ, अब सिभिल ईन्जिनियरिँगको लागि जनकपुरै वा जनकपुरभन्दा बाहिर जानुपर्ने आवश्यकता नै छैन , हाम्रा नगरका विद्यार्थी र आसपासका नगरपालिका भनौं वा समग्र धनुषा निर्वाचन क्षेत्र नं. २ को विद्यार्थीले यदुकूहामै अध्ययन अध्ययापन गर्न पाउने छन् ।
यस्तै, केही दिन अघि मात्र लागू गरिएको बाली विज्ञान (कृषि विषय) को पढाईको बारेमा चर्चा गर्दै उनले त्यसको लागि सबै प्रक्रिया पूरा गरी सँचालन समेत गरिसकेको बताए । उनले मन्त्रालयबाट बाली विज्ञान सँचालनको लागि ५४ लाख रुपैयाँको निकासा समेत गरी नामाँकन सुरु गरेको बताए । उनले भने, – “यहाँ पढन आउने विद्यार्थीहरुको नामाँकन निःशुल्क हुनेछ । नामाँकन भने भदौसम्म हुनेछ ।”
मेयर बरबरियाका अनुसार केही दिनमै ईन्जिनियरिँग विषयको कक्षा सँचालनको लागि समेत पहल थाली शिघ्र नै कक्षा सँचालन हुनेछ । शहिदनगरमै सिभिल ईन्जिनीयरिँगको कक्षा सँचालन भएपश्चात उक्त विषय पढनको लागि भारत जाने, काठमान्डौ, विराटनगर, हेटौडा जानुपर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएको छ ।पुर्वाञ्चलएक्प्रेसबाट