धनुषा,साउन ८ धनुषाका नक्कली सवारी लाइसेन्स बनाउने दुईजना प्रहरीको फन्दामा परेका छन् ।
प्रकाउ पर्नेहरुमा धनुषाको हंसपुर नगरपालिका ६ बस्ने वर्ष ३४ का अलिअकवर मंसुर र औरही गाउँपालिका ६ बस्ने वर्ष २४ का सब्जान मंसुर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार काठमाडौंमा नक्कली सवारी चालक अनुमति पत्र बनाई गाउँ घरका मानिसहरुसंग विक्री वितरण गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा दुवैजनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५।५ थान नक्कली सवारी चालक अनुमति पत्र बराम्द भएको छ ।
दुवैजनामाथि सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।