प्रदेश १ · विचार

प्रदेश १ मा भोलिदेखी सुरु हुदैछ  म अघि बढ्छु नामक कार्यक्रम

नविन दहाल युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले असार ३१ गते म अघि बढ्छु कार्यक्रम शुभारम्भ गर्ने भएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रदेशभरीका २ हजार विद्यालमा सगरमाथा टिन्स क्लब गठन गर्ने उद्देश्यले म अघि बढ्छु कार्यक्रमको सुरुवात गर्न लागेको हो।

सोमबारका किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए।

पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गरे।

यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भए प्रदेशमा हिंसा, हत्या र आतंकका घटनामा धेरै कम आउने मन्त्रालयको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।