रोहित कुमार मण्डल लहान, २९ असार । नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तिन दिने प्रशिक्षण कार्यक्रम सप्तरीको सुरुङ्का गनर पालिका ५ कुशहामा सुरु भएको छ ।
नेपाल पिछडावर्ग महासंघको आयोजनामा तथा सुरुङा नगर पालिकाको सहयोगमा सुरु भएको सो तिन दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रमको उदघाटन सुरुङ्का नगर पालिकाका नगर अध्यक्ष मुतिmनाथ चौधरीले गरेका थिए भने नेपाल पिछडावर्ग महासंघ सुरङ्गा नगर पालिका नगर अध्यक्ष विरेन्द्र कुमार भगतको सभाअध्यता भएको सो कार्यक्रममा सुरुङ्का गनर पालिकाका ६ का वडाअध्यक्ष लिलाकान्त चौधरी, रामनाथ साह, लगायतका वतmाहरुले तालिममा बारेमा आ आफना धारणा राखेका थिए ।
कार्यक्रममा नगर अध्यक्ष मुतिmनाथ चौधरीले आफुहरु पिछडावर्गको सदैव सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यतm गर्नुभयो । प्रशिक्षण कार्यक्रमको सहजिकरण नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले गरिरहेका छन् ।
प्रशिक्षण कार्यक्रम आइतबारसम्म चल्ने आयोजक संस्थाले जनाएका छन् । कार्यक्रममा ४१ जना महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।