Breaking News · प्रदेश २

अविरल वर्षाले रौतहटमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

रौतहट,सम्वादाता  २७ असार । अविरल वर्षाको बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । रौतहतको चन्द्रपुर लच्कामा आएको बाढी राजमार्गमा पसेपछि आवागमन अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि दुवैतर्फको सवारी गन्तव्यमा जान नसकेर जकथकमा परेको छ । सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।