लहान २४ आषाढ । लागुऔषधसहित तीन युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
नवराजपुर गाउँपालिका ३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ का २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ परेका हुन् ।
प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका मियाँद्धयको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको छ ।
यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका ३ हवल्दार चोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका १० का २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ ।
बरियारपट्टीबाट बा २ ख नम्बरको बसमा गइरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस