Breaking News · प्रदेश २

सिरहा पडरिया चौकमा भयानक दुर्घटना ३ को मृत्यु, दर्जनौं घाइते

मनोज बनैता, लहान : लहान नगरपालिका ११ पडरिया चौकमा आज अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ । एकको अवस्था ज्यादै गम्भीर रहेको छ ।

म्याजिकमा सवार करिब एक दर्जन यात्रीहरु घाईते भएका छन ।

पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चौकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिदाँ म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

घाईतेहरुको उपचार लहानस्थित रामप्रसाद उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा नरसिंह होमहरुमा भईरहेको ईप्रका लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।