Breaking News · प्रदेश २

सर्लाहीमा गोली चल्यो ,प्रहरीको गोली लागेर १ जनाको मृत्यु

सर्लाही, १५ असार ।सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके जंगलमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर मृत्यु हुनेमा सोही स्थानको २७ वर्षीय केवल महता रहेको छ ।

करिब १५ राउण्ड जति हवाई फाएर भएको र १२ राउण्ड अश्रुग्यास प्रहार भएको बताइएको छ । त्यस्तै जनपदका सात प्रहरी तथा सशस्त्रका तीन जना घाइते भएका छन् ।

 

श्रीनगर झर्ने बाटोमा गोली चलेको हो । हिजो साँझ ईश्वरपुर नगरपालिकामा पोखरीमा बच्चा डुबेको विषयलाई लिएर सडक आन्दोलन गर्न पुगेका आन्दोलनकारीमाथि ढुंगामुढा भएको र प्रहरीले हवाई फाइर गरेको प्रहरीले बताएको छ ।

सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमित बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

बालकको मृत्युपश्चात् जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा खोलामा अवैध उत्खनन गरेकोले डुबेर बालकको ज्यान गएको स्थानीयको आरोप छ ।

उक्त खाल्डो गिट्टी बालुवा अवैध उत्खनन् गरी बनाइएको भएको भन्दै स्थानीय र बालकका आफन्त आक्रोसित भई सडकमा अवरोध गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।