प्रदेश २ · बैँक / वित्त

ग्लोबल आई एम ई बैंकको १६१ औं शाखा रहित सेवा धनगढीको छपराडीमा

शम्भु चौधरी लहान १३ अषाढ । ग्लोबल आई एम ई बैंक लहानले १६१ औ शाखा रहित बैकिंग सेवा धनगढीमाई नगरपालिका ११ छपरारी बजारमा शुक्रबार देखि सेवा सुचारु गरेका छन ।

गाउँघरमा छरीएर रहेका किसानहरुलाई सर्वसुलव तरीकाबाट सेवा प्रदान गर्ने उद्देश्यले त्यस ठाउँमा सेवा शुरु गरेको हो । धनगढी मनि ट्रान्फर छपरारीको रोहबरमा रहि बैकिंग सेवा शुरु हुने ट्रान्फरका प्रोप्राईटर अशोक कुमार चौधरी बताएका छन ।
प्रदेश २ का प्रदेश सभा सदस्य माननिय लगनलाल चौधरीको प्रमुख आतिथि र ग्लोबल आई एम ई प्रदेश २ का प्रमुख निरज श्रेष्ठको विशिष्ठ अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथिको आसनबाट चौधरी भनु भयो बैंक विकास गर्न बजार विकास गर्नु आवश्यक हुन्छ, अहिले प्रदेश २ कृषिमुखि भएको छ बैंकहरुले पनि साना साना किसानहरुलाई कर्जा उपलब्ध गराई कृषिमा जोड दिन सुझाव समेत दिएका थिए ।
कार्यक्रमको बारेमा ग्लोबल आई एम ई बैक शाखा कार्यालय लहानका शाखा प्रबन्धक महेश कुमार महतोले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।