महोत्तरी सम्वादाता, १०असार । महोत्तरी सम्सी गाउँपालिका-४ स्थितमा भारतबाट नेपाल तर्फ आँउदै गरेको ज ७ प ७५६ नम्बरको मोटरसाइकलमा सवार जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-१४ बस्ने २१ वर्षीय राम भरोस महतो र सोही नगरपालिका बस्ने २२ वर्षीय अजय कुमार बैठालाई प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गैडाभेटपुर महोत्तरी बाट खटिएको प्रहरी टोलीलाई शंका लागि चेकजाँच गर्ने क्रममा दुवै जना सवार रहेको उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा अजय कुमार बैठाको साथबाट नाईट्रोभेट ट्याब्लेट ३० पिस फेला पारी मोटरसाइकल सहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।