• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा चोरीको आरोपमा पक्राउ परेकी महिला प्रहरी हिरासत भित्रै मृत अवस्थामा फेला

नेपाल पोस्ट दैनिक
    June 24, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह महतो , सिरहा ९ असार । लहानबाट करिब १० किलोमिटर दक्षिण पर्ने महेशबारी प्रहरीको हिरासतमा थुनिएकी ठाकुरको शव आइतबार बिहान करिब सवा ७ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । सिरहाकोसखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन ।

उक्त महिलाले बिगत केहि महिना पहिला पनि दुई छोटि चोरीको मुद्दामा पक्राउ परेको थिए । उक्त महिला धरोठिमा छुटेकाे हो । मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । एक महिलाको मोवाइल चोरी गरेको आरोपमा उनी शनिबार साँझपख लहान बजारबाट पक्राउ परेकी थिइन् ।

हिरातसतमा झुण्डिएर महिलाको मृत्यु भएपछि आइतबार बिहान प्रहरी उपरीक्षक चतुर्वेदीसहित इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सखुवानन्कारकट्टी गाउयँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव, वडाध्यक्षहरु महेशबारी प्रहरी कार्यालयमा पुगेका थिए ।

शव भेटिएपछि जनप्रतिनिधि,मावनअधिकारकर्मीको रोहवरमा घटनास्थल प्रकृति मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक ल्याइएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।लहान प्रहरीको हिरासतमा ठाउँ अपुग भएपछि महिला प्रहरीसहित बैंकिङ्ग कसुर आरोप लागेकी महिलासँगै ठाकुरलाई पनि महेशबारी प्रहरीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा अर्की महिलासँगै सुतेकी ठाकुर बिहान करिब ६ बजेतिर उठेपछि शौचालय जान्छु भन्दै गएको करिब २० मिनेटसम्म पनि नफर्किएपछि महिला प्रहरी गएर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको उनले बताए ।

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएकी २५ वर्षीया ठाकुरले पहिलो पतिसँग सम्बन्धविच्छेद गरी स्थानीय लक्ष्मण ठाकुरसँग करिब पाँच वर्षअघि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिपट्टि एक छोरा भएपनि बाबुसँगै बस्दै आएका छन् ।

लहानस्थित एक मोवाइल बिक्री गर्ने पसलमा मोबाइल बेच्ने क्रममा लहान प्रहरीले ठाकुरलाई शनिबार साँझ करिब ५ बजेतिर पक्राउ गरेका थिए । पक्राउ परे लगत्तै लहान प्रहरीको हिरासतमा पुर्याइएकी ठाकुर र बैंकिङ्ग कसुरको मुद्दामा काठमाडौंमा पक्राउ गरी लहान ल्याइएकी अर्की महिलासँगै राखिएको थियो । ठाकुरले दोस्रो विवाह गरेपछि पतिसँग कल्याणपुर र लहानमा डेरा लिएर बस्दै आएकी हुन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑