काठमाडौ २९ बैशाख।कोभिड-१९बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि उतिकै रुपमा फैलिरहेको छ केही दिन देखी संक्रमण को संख्या बढिरहेको छ भने फेरि पनि आज थपिएको छ।
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो ।
कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ वर्षका पुरुषहरु छन् भने अर्का एकजनाको उमेर खुलेको छैन ।यीसँगै नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ ।
