मुख्य समाचार

संसदमा कांग्रेस र राजपाको नाराबाजी ,बैठक अवरुद्ध

काठमाडौं १३ साउन । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।