मुख्य समाचार

दुईदिनदेखी भोकै रहेकी एक महिलाको प्रहरी कुटाईबाट मृत्यु भएको आरोप 

सप्तरीका प्रहरी प्रमुख भन्छन, प्रहरी चढेको गाडी तोडफोड गरेपछि हामीले सम्झाएका मात्रै हौ

facebook sharing button
twitter sharing button
sharethis sharing button

सप्तरीमा दुईदिनदेखी केही खान नपाएकी महिलाको प्रहरी कुटाइबाट मृत्यु भएको आरोप लागेको छ । सप्तरीको खड्ग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लघंन गरेको भन्दै प्रहरीले कुटेपछि स्थानीय जयनव खातुनको मृत्यु भएको भन्दै स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका छन् ।

घरमा खाना खाने केही नभएपछि दुई दिनदेखि भोकै रहेका जयनव र उनका पति कमरुद्धिन ट्रयाक्टरमा सामान लोडगरिदिन निस्किएका थिए । तर प्रहरीले उनीहरूलाई लकडाउन उल्लङ्घन गरेको भन्दै  एकनासले कुटिर¥हो स्थानीय प्रत्यक्षदर्शीले भने  । कुटाइबाट  बेहोस भएर
ढलेकी खातुनको उपचारका लागी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएपछि मृत्यु भएको हो । त्यसो त दुईहप्ताअघि मात्रै लकडाउन उल्घंन गरेको भन्दै दुई युवालाई सप्तरीकै राजविराजमा प्रहरीले मरणसन्न हुनेगरि कुटेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो ।

तर प्रहरीले भने कुटाइबाट मृत्यु भएको भन्ने प्रत्यक्षदर्शीको भनाइको  खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण प्रसाईँले मृत्यु भएकी महिलमाथी प्रहरीले कुटपिट नगरेको बताए ।   लकडाउन उल्लङ्घनका विषयमा प्रहरीसँगको वादविवादका क्रममा बेहोस भएर ढलेकी महिलामा मृत्यु ह«दयघातका कारण भएको एसपी प्रसाईँको भनाई छ ।
प्रहरीका अनुसार  लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीलाई स्थानीयले राहत नपाएको भन्दै आक्रमणमा उत्रिएका थिए  ।
हामीले काम नगरे खाना सरकारले दिनुपर्‍यो नि । हामी भोकै बस्ने हो रु’ भन्दै उनीहरूले वादविवाद गरिरहे’ सप्तरी प्रहरी प्रमुख एसपी प्रसाईँले भने , ‘त्यहीँ क्रममा ६५ बर्षीया जयनव खातुन बेहोस भएकी हुन् ।’