उदयपुर १३ बैशाख । प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई, आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरस (कोभिड–१९) संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गरेका छन्।
स्थानीय सरकारभन्दा माथिल्लो सरकारको पदाधिकारीले दोस्रो पटक संक्रमित क्षेत्र आएका हुन् ।
शनिबार आज प्रदेश १ का मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्री भोजपुरको हतुवागडीबाट उदयपुर जिल्लाका कोरोना प्रभावित त्रियुगा नगरपालिका वडा.३, भुल्के हुदै कटारी नगरपालिकाको बेलश्रोतमा रहेको प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइनको अनुगमन गरेको छन ।
संक्रमित क्षेत्रमा आएका मुख्यमन्त्री सहितको टोलीले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्यालगायतका बारेमा सरोकारवालासँग छलफल गरेका गरेका छन्।
मुख्य मन्त्री र मन्त्रीहरुलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मीले जिल्लाको विकसित घटनाक्रमबारे जानकारी गराएका थिए।
प्रदेश सरकारको उच्च सर्तकताले कोरोना संक्रमितलाई व्यस्थीत गर्न सकिएको र कोरोना नियन्त्रण हुने र यसका विरुद्धमा तयारी राम्रो भएकोले कोरोनालाई पराजित गर्ने मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राईले अबको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने बताए। संक्रमण कहाँबाट सर्यो वा सुरु भो, त्यसको पहिचान गरी सम्भावित जोखिम क्षेत्रलाई अझ कडाइ गर्ने र नियन्त्रण गर्ने बताए ।
साथै प्रदेशमा कसैलाइ भोकले मर्न नदिनेको लागी स्थानीय सरकार सँग समन्वय गरेर खाद्यन्नले वितरण गरेको र यसका लागी ९ करोड ५० लाख कजेट छुट्याएको जानकारी दिए । उनका अनुसार ‘कोरोना रोकथामको प्रभावकारी उपाय सावधानी र लकडाउन भएको बताए ।’
उदयपुर सम्बेदनशील क्षेत्र परेकाले सुरक्षा व्यवस्था थप कडाइका लागि सुरक्षाकर्मी थप र स्रोत साधनको उपलब्धता गराउदै लगिएको र जिल्ला पुरै सिल गरेता पनि मावियनाताले जिल्लामा विभिन्न ठाँउबाट आएका मानिसहरुलाई जिल्ला प्रवेश गर्न रोक लगाउँन कठिन भएको आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए । मन्त्री कार्कीले सुरक्षाकर्मीहरुलाई आवश्यक पर्ने सुरक्षा सामाग्री व्यवस्था गर्ने र जनताको जिउधन सुरक्षामा कुनै कसुर बाकी नराख्ने बताए ।
जिल्ला अस्पताललाई बृद्धि विकासका लागि प्रदेश सरकारले १ करोड उपलब्ध गराएको र भारतबाट आएका १२ जना जमातीले संक्रमण ल्याएको हो भन्ने कुरा भ्रम मात्र रहेको सामाजिक विकास मन्त्री जिवन घिमीरेले बताए।
त्रियुगा नगरपालिका का मेयर बेलदेब चौधरीले“जोखिम क्षेत्रको स्वाब संकलन र आवश्यक सामाग्री उपलब्ध गराउनका साथै जिल्ला लाई विषेश क्षेत्र घोषणा गर्न माग गरेका छन । “
साथै मुख्यमन्त्री राईले जिल्लालाई पिसिआर टेष्टका लागी २ सयथान हस्तान्तरण गरेका छन । उदयपुरका विभिन्न ठाउँका ५१४ जनामा गरिएको स्वाब परीक्षणमध्ये २८ जनामा कोरोना पुष्टि भइसकेको छ। उज्यालो पार्टी
