गौशाला १२ बैशाख।सरकारले देश भरि लक डाउन प्रणालि लागू गरेकाे माैका छाेपि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा युरीया मल्लमा व्यापक रुपमा कालाेवजारी भईरहेकाेमा किसानहरुले गुनासाे गरेका छन ।
केही थाेक तथा खुदरा व्यापारीहरुले युरीया मल्ल लिने किसानहरुलाई जिंक, सल्फेट र जाईम अनिवार्य लिन लगाउँछ र जुन किसानले यी समान लिदैन त उनिहरुलाई युरीया मल्ल दिदैन जसकाे कारण किसानहरु मर्कामा परेका छन । कालाेवजारी गर्ने ठाउँहरुमा गाैशाला वजार,ईमलिया वजार,विरेन्द्र वजार,कान्तिवार, चिनि मिल गेट, सुर्तिविकास चाैक लगायत गाउँ घर रहेका किसानहरुले जनाए ।
कालाेवजारी गरिरहेकाे पहिचान भईसकेकाेले निकट भविष्यमा छापामारी गर्ने नगरपालिकाले जनाए।सरकारले अत्यावश्यक बस्तुहरुमा कुनै झनझट नगरी समान अाेसार पाेसार गर्न छुट दिए पनि गाैशाला बजारमा रहेका खाध पसलहरुले ठाडै नगरपालिकालाई चुनाैति दिदै कालाे वजारी गरिरहेकाे छ ।
गत वर्ष किसानले गुनासाे गर्दा कालावजारी गर्ने केही खाध्य व्यापारीकाे पसल छापा मारी गरेर कानुन अनुसारकाे कर्वाईकाे प्रक्रिया अगाडि बढाईएकाे भए पनि व्यापारीहरुमा अहिले सम्म सुधार नअाएकाे वडा न .२ निगाैलका किसानहरुले जनाए ।अाठ सय खरीद भएकाे युरीया १०सयमा विक्रि गरिरहेकाे छ ।मल विउकाे कालाेबजारीकाे सम्बन्धमा नगरपालिकालाई जानकारी प्राप्त भईसकेकाेले अाज भाेलिमा खाधमल बीउ पसलमा अनुगमन गर्ने छु ।
यस्ताे प्रस्थितिमा व्यापारीहरुले किसानहरुले जति सक्दाे सहयाेग गर्नु पर्ने समयमा कालाेवजारी गर्नु राम्राे नभएकाे उप प्रमुख तथा अनुगमन समितिका संयाेजक अाशा लामाले जनाईन।
