काठमाडौ ३० चैत।खोटाङमा शनिबार साँझ पानीसगै परेको चट्याङका कारण खोटाङमा दुईजनाको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिका वडा नं १ फेदी तोमानेका पर्खजित राईको १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिकको मृत्यु भएको हो। शनिबार साँझ पर्खजितको घरमा परेको चट्याङले राईको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक समेत घाईते भएका छन् । घाईते भएका दुबैजनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मनकलाको खुट्टामा र आसनको टाउको र घाँटीमा चोट लागेको पनि जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
