रामेछाप २८ चैत।रामेछाप जिल्लाको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपाखा जंगलमा भिषण आगलागी भएको छ ।आज दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएको छ । सल्ला र सालको जंगलमा लागेको आगो तीब्र गतिमा फैलिएपछि स्थानीयवासी चिन्तित भएका छन् । गेलुका स्थानीय मान बहादुर थापामगरले दिनभर आगो निभाउन गरेको प्रयास असफल भएको बताए । उनले भने,‘गाउँले मिलेर निभाउने प्रयास त गर्यौ तर आगो फैलिदै गएपछि घर फर्कियौ ।’ जंगलमा लागेको आगो निभाउन दमकल जान सम्भव नभएपछि स्थानीयले भोली बिहानैबाट आगो निभाउन प्रयास थालिने तयारी गरेका छन् । आगो लागेकोस्थल बस्ती भन्दा टाढा रहेको छ ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
