Breaking News

अवैध हतियार र गाडी सहित प्रहरीको फन्दामा

काठमाडौँ २५ चैत।कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ गुलरियाबाट साढे ६ बजे दुई थान हतियारसहित एक भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । तर गाडीधनी भने पक्राउ परेका छैनन । सशस्त्र प्रहरीको टोलीले आज साँझ कलुवापुरबाट पक्राउ गरेका ती व्यक्तिबाट प्वाईन्ट टुटु एल आर एक थान र सोको १४ वटा गोली, एक थान एयर गन र सोको १ सय ७६ वठा गोली समेत बरामद गरेको छ ।उनीसंग रहेका बिभिन्न बैंकका ६ वटा एटिएम कार्ड र आईएमइको कार्ड र सहित ७६ हजार रुपैया समेत बरामद भएको सशस्त्रप्रहरीले जनाएको छ।गाडीमा बरामद भएका डकुमेण्ट कैलालीको गोदावरी नगरपालिका वडा १० का अध्यक्ष रविन्द्र शाही गुड्डुको रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी काँग्रेसबाट निर्बाचित वडा अध्यक्ष हुन् । लकडाउनको समयमा बाटोमा भारतीय नम्बर प्लटेको गाडी देखेपछि चेकजाँचका क्रममा हतियार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।