• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लकडाउनले जीवनमा केही छुटेजस्तो भएको छ ?

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

लकडाउनले जीवनमा केही छुटेजस्तो भएको छ ?

काठमाडौँ २५ चैत।सरकारले थप १ हप्ता लकडाउन अवधि थपिसकेको छ । सँधै व्यस्त रहने कलाकारहरुका लागि अरु थुप्रैलाई जस्तै यो नयाँ अनुभव भइरहेको छ । कसैले यसलाई लामो छुट्टी त कसैले परिवारसँग बिताउन पाएको समयका रुपमा लिएको बताएका छन् ।

तीन हप्तादेखि फिल्म हल, नाटकघर, स्टेज कार्यक्रम सबै ठप्प छ। सुटिङ, डबिङ अनि फिल्मको प्रचारप्रसारलाई दैनिकी बनाइरहेका कलाकारका लागि लकडाउनले पक्कै प्रभाव पार्‍यो।

दुई हप्तादेखि घरमै बस्नुपर्दा नियमित जीवनको क्रमभंग भएको छ। कतिपय रुटिनमा चल्ने जीवन भएकालाई यी दिनहरुमा केही नपुगेजस्तो, केही छुटेजस्तो लाग्नु स्वभाविक हो। निश्चित रुटिन नभए पनि व्यस्त रहने कलाकारहरुलाई पनि केही छुटेजस्तो भइरहेको छ।

दयाहाङ राई

सबभन्दा बढी त कोरोना आउनुभन्दा अगाडिको कुराहरु मिस हुँदो रहेछ। डिसेम्बर पछाडि जब कोरोना चाइनामा देखियो नि। त्यसलाई धेरै मानिसले मजाकको रुपमा लिइरहेका थिए। अनि हामीले पनि कति ठाउँमा मजाक गरियो होला। अहिले फर्केर हेर्दा त्यतिखेर नै सतर्क भइदिएको भए शक्तिशाली देश अमेरिका युरोपका आममानिसमा यस्तो दिन आउँदैन थियो होला भन्ने अनुभव भइरहन्छ। त्यो दिनहरु चाहिँ याद आइरहेको छ। त्योबेलाको सामान्य जीवन सम्झिन्छु।

सायद लकडाउन खुलिसकेपछि म सबै परिवारसँग एकपटक कुराकानी गर्छु होला।

प्रधानमन्त्रीको सम्बोधनपछि लकडाउन अझै २ हप्ता थप्छ जस्तो मलाई लागिरहेको छ। संकेत त्यस्तो बुझिएको छ। यसले राम्रै गर्ला। संसारभर फैलिएको यो कोरोनाको महामारी अन्त्य हुनुपर्छ जस्तो लाग्छ। अहिले त म, मेरी श्रीमती, छोरा अनि मेरा दुई बहिनी छौं। सबै आफन्तसँग भेट भएको छैन। सबै साथीहरुसँग कुरामात्र भइरहेको छ। उनीहरुसँग नै भेटिन्छ होला।

प्रियंका कार्की

बाहिर हिँड्ने कुरा मिस हुँदो रैछ। पहिला हामीले यो स्वतन्त्रतालाई एकदमै सतही लिएको थियौं जस्तो लाग्यो। हामी कहिले पनि लकडाउनमा परेको छैन नि त। बाहिर निस्कने, बाहिर निस्केर काम गर्ने कुरालाई ध्यानै दिँदैनौं थियो नि हामीले।

मलाई लाग्छ यो यो लकडाउनले धेरैजनालाई भित्रैबाट परिवर्तन गर्छ होला। यसले हाम्रो सोच र जीवनशैलीलाई नै प्रभावित पार्छजस्तो मलाई लाग्छ। समयको महत्व, केही पनि कुरालाई सामान्य लिनु हुन्न भन्ने महत्वपूर्ण कुरा यसले महशुस गराउँछ जस्तो लाग्छ। अहिले आयुष (आयुष्मान देशराज जोशी) र म बस्छौं। त्यसैले लकडाउन खुल्नासाथ परिवारलाई नै हो पहिला भेट्ने त।

निश्चल बस्नेत

मिस गरेको कुरा त कामै हो। अरु के हुनु? लकडाउन खोलेपछिका योजना पनि केही बनाएको छैन। लकडाउन खोलेपछि इष्टमित्र साथिभाइहरुसँग भेट्छु होला।

सुरक्षा पन्त

मैले मिस गरेको कुरा त काम नै हो। अरु केही छैन। काम गर्न नपाएर छटपटी भइरहेको छ। लकडाउन खुलेपछि कतै यात्रा गर्न निस्कन्छु कि ! केही समय यात्रामा बिताउँछु होला। नेपालीभित्रै घुम्ने मन छ। अहिले अलि टाढा घुम्ने जाने मन छ। स्वच्छ हावापानी भएको ठाउँमा ट्रेकिङ जान मन छ।

दीपकराज गिरी

योबेला त कामलाई नै मिस गरिँदो रहेछ। अब आउने प्रोजेक्टको कामहरु थाल्नुहुन्थ्यो। फोनमा साथीभाइहरुसँग कुरा भइ रहन्छ। अनुहार, मुहार पुस्तिकामा हेरि नै हालिन्छ। घर बसेर खान मन लागेको कुरा पनि खाइनै रहेका छौं।

लकडाउन खुलेपछि सबैभन्दा कन्फ्यूज कलाकार नै हुन्छन् होला। किनभने सबैको अफिस हुन्छ, हाम्रो अफिस हुँदैन। स्कूल जाने स्कूल जान्छन्। कलेज जाने कलेज जान्छन्, व्यापार हुनेहरु व्यापार गर्छन्। तर, हाम्रो काम त मनोरञ्जन हो। हलमा केही समय दर्शक आउनेवाला छैनन्। त्यसैले यो लकडाउन खुल्नासाथ म कुनै धार्मिक स्थलमा गएर ध्यान गर्न चाहन्छु। लकडाउनपछि हाम्रो सबै टिमसँग भेटेर एकै ठाउँमा चिया खाने मन छ।

केकी अधिकारी

लकडाउनमा मैले सुटिङ नै मिस गरिराछु। कुनै काम अधुरै छोडेर यति लामो समयसम्म कहिल्यै बसेको थिइनँ। जहिल्यै फिल्म सकिएपछि मात्र बसिन्थ्यो। योचाहिँ रेकर्ड नै हो। अब फेरि बीचबाट काम गर्दा त्यही चरित्रमा भइन्छ कि भइँदैन, त्यो मुडमा आउँछु कि आउँदिन त्यस्तै लागिरहेको छ। त्यो सुटिङको माहोल, काम एकदम मिस गर्दैछु।

मैले कत्ति वर्ष भइसकेको थियो, ऐनाको अगाडि बसेर अभिनय नगरेको। फिल्ममा आउनु भन्दा अगाडि गर्थें। त्योबेला आफुसँग प्रशस्त समय हुन्थ्यो। त्यो समय फेरि मैले पाएकी छु। अहिले ऐना हेरेर अभिनय गर्छु। घरीघरी सुटिङको माहोल मिस भएर यस्तो साइको परिरहेको छ कि भन्ने हुन्छ। तर, त्यो नेचुरल नै रहेछ।

लकडाउन सकिनेबित्तिकै सायद एकदम आवश्यकतामा परेको मानिसकहाँ गएर राहत वितरण गर्ने काममा सक्रिय हुन्छु होला। सुटिङ सुरु हुनासाथ चाहिँ फिल्मको सुटिङ नै पहिला सक्छौं।

कर्मा

सुटिङ नै मिस गरेको छु। कतिलाई अफिसमा जानु परेन, आनन्द भइरहेको होला। तर, मैले चाहिँ काम मिस गरिरहेको छु। किनकि यो बेला त सुटिङ हुने सिजन हो नि। यो स्प्रिङ सिजनमा आकाश खुल्ने, मौसम राम्रो हुने, हिमाल देखिने हुन्छ। मेरो पनि खासमा सुटिङ नै चलिरहेको थियो। त्यो पनि पोस्टपन्ड भयो।

म धेरै बाहिर निस्किरहने मान्छे त होइन। अरुबेला पनि घरमै बस्ने, किताब पढ्ने, फिल्म हेर्ने गीतार बजाउने गर्थे। अहिले पनि त्यही गर्दैछु। लकडाउन खुलेपछि साथीहरुसँग भेटेर अबचाहिँ कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्छु।

ऋचा शर्मा

मिस गरेको कुरा त, मेरो फ्यामली हो। माइती एकदम मिस भइरहेको छ। लकडाउन खुलेपछि सुरुमै माइती गएर हजुरआमालाई भेट्छु।

प्रदीप खड्का

मैले बाहिरको खानेकुरा मिस गरिराछु। बाहिर-बाहिर हुँदा त के-के खाइन्थ्यो। अहिले घरमा बस्दा त्यो मिस भइरहेको छ। अर्को कुरा स्वतन्त्रता। पहिला यतिकै यताउता डुलिन्थ्यो। त्यतिबेला त्यो यात्राहरुलाई एकदम सामान्यरुपमा लिइन्थ्यो। अहिले घरमा बस्दा त्यो मिस गर्‍या छु।

लकडाउनपछि फिल्मकै टिमसँग भेटघाट गर्ने योजना छ। डबिङ बाँकी छ। अब त्यही डबिङ हुन्छ। हेमराज बिसीसँगको नयाँ फिल्मको काम पनि सुरु हुन्छ होला।

नाजिर हुसेन

सबैभन्दा मिस गरेको कुरा त काम नै हो। सुटिङ र साथीहरुसँगको भेटघाट नै मिस गर्दैछु। लकडाउन खुलेपछिको निश्चित यही नै गर्छु भन्ने योजना छैन। थियटरका साथीहरुसँग त फोनबाटै कुरा हुन्छ। नयाँ बनाएको नाटकको क्यारेक्टर,क्राफ्टिङ यस्तो भयो भनेर साथिहरुलाई सुनाउँछु। मैले बनाएको सबै कामहरु उनीहरुलाई देखाउन उत्सुक छु।ईकान्तिपुर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑