काठमाडौ २१ चैत।गुल्मी जिल्ला मुसिकोट नगरपालिका ७ अर्छुङ टाकुरे भिरमा एक जना महिला अड्किएको भनि प्रहरी चौकी वामीटक्सार गुल्मीमा जानकारी प्राप्त भए पश्चात मिति २०७६/१२/२० सो प्रहरी चौकीबाट प्रहरी टोली र नेपाली सेनाका वामी सुरक्षा पोष्टबाट समेत टोली खटी गई उक्त भिरमा अड्किएकी महिलालाई जीवित उद्धार गरी स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको । स्थायी वतन भारत, झारखण्ड, मधुपूर घर बताउने सो महिला २ दिन पहिला देखि सोही भीरमा अडकिएको भन्ने खुल्न आएको ।
सम्बन्धित खबर
‘माखन भोग’ ग्राहकको रोजाइमा मिठाई पसल, स्वाद र गुणस्तरको संगम
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
पिडरवनी माविको नवनिर्मित ४ कोठे भवन लहान नगर प्रमुख चौधरीद्वारा उद्घाटन
लक्ष्मीनीया आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन
आज १५०१ औँ मोहम्मद जयन्ती मनाइँदै
