• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एक्लो जीवन मनमौजी 

नेपाल पोस्ट दैनिक
    April 2, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं २० चैत । विगतमा प्रेम, विवाह, दाम्पत्य, सम्बन्धको प्रारुप फरक थियो । आमाबुवाले हेरिदिएका केटा वा केटीलाई जीवनभरका लागि आफ्नो बनाउनुपर्ने अवस्था थियो । विवाह त्यसबेला हुन्थ्यो, जतिबेला दुलहा र दुलहीले दाम्पत्य सुख बुझेकै हुँदैनथे ।

अहिले युवायुवतीको प्रेम र विवाहमा बुवाआमाको हस्तक्षेप हिजोजस्तो छैन । आफ्नो मर्जी अनुसार प्रेम र विवाह गर्नसक्ने छुट धेरैसँग छ । यससँगै विवाह, प्रेम र सम्बन्धका बारेमा युवाहरुको सोंच पनि फेरिएको छ । हिजो र आजको दाम्पत्य उस्तै छैन । हिजो र आजको सम्बन्ध उस्तै छैन ।

समय र परिस्थितीसँगै हरेक कुरा बद्लिन्छन् । यसले मानविय आवश्यक्ता पनि बद्ल्छ । सोंच र शैली पनि बदल्छ । युवाहरु यसमा कसरी अपवाद हुनसक्छ ?

युवाहरुको स्वभाव र व्यवहार हिजोभन्दा आज फरक हुँदै गएको छ, खासगरी प्रेम र विवाहको सन्दर्भमा । केही समयअघि एक सर्वेक्षण गरिएको थियो, जसको नतिजाले केही यस्ता रहस्य खुलाउँछ, जो परम्परगात सोंचभन्दा नितान्त फरक छ ।

सर्वेको नतिजाले भन्छ, ‘अहिलेका धेरैजसो युवाहरु सिंगल रहन चाहनछन् । उनीहरुलाई विवाहको विश्वास छैन ।’

अविवाहित युवाहरुमाथि गरिएको सर्वेबाट के थाहा भयो भने, उनीहरु सिंगल रहन चाहन्छन् । सर्वेक्षण १८ देखि २५ बर्षसम्मका युवाहरुवीच गरिएको थियो । उनीहरुमध्ये ८६ प्रतिशतको भनाई एउटै थियो, ‘अविवाहित बस्ने ।’

किन त ?

यसमा उनीहरुको मनोविज्ञान के बुझिन्थ्यो भने विवाहपछि धेरै झन्झट हुन्छ । वैवाहिक जीवन बोझिलो हुन्छ । यसका सीमाहरु साँघुरा हुन्छन् । सर्वेमा सहभागी युवाहरुको भनाई थियो, सिंगल रहँदा जीवन सहज रुपमा गुजार्न सकिन्छ ।

साथसाथै एक्लो हुँदा सकारात्मक हुने पनि उनीहरुको बुझाई छ । स्वतन्त्र ढंगले आफ्नै मर्जी अनुसारको जीवन रोज्नेहरु विवाह नगर्ने पक्षमा भेटिए । उनीहरु विवाहपछि करियर पनि राम्ररी अगाडि नबढ्ने कुरामा अडिग देखिए ।

बद्लिदो मानसिकता

पुराना मानिसहरुको सोंचको तुलनामा अहिलेको नौजानको सोंचमा पुरै परिवर्तन देखिएको छ । उनीहरु विवाहलाई झन्झट र बाधाको रुपमा अर्थ्याउँछन् । यौन र विववाहलाई पनि उनीहरु जोडेर हेर्देनन् । यौनमा उदार युवापुस्ता यौनभोग मेट्नका लागि विवाह गर्नैपर्छ भन्ने पक्षमा छैनन् ।

विवाह नगरी बस्दा जीवन जिउन बढी सहज हुने उनीहरुको धारणा छ । एक सर्वे अनुसार ९० प्रतिशत युवा हप्तामा एक वा दुई पटक डेट जान्छन् । ७७ प्रतिशत युवाहरुको मान्यता के छ भने सिंगल रहँदाको रोमाञ्चकता विवाहित अवस्थामा अनुभव गर्न सकिदैन ।

जब दम्पती अलग हुँदैछन्

जीवनभर एकअर्काको साथमा रहने कसम खाएर बाँधिएका जोडीहरु अहिले एक्ला एक्लै जीवन विताउने निर्णयमा पुगिरहेका छन् । थुप्रै जोडी छन्, जो अलग हुँदैछन् । बाँकी जीवन एक्लो र मनमौजी ढंगले विताउने योजनामा छन् ।

श्रीमान् र श्रीमती जब एकअर्काको सहयोगी भन्दा पनि बोझिलो बन्छ, तब उनीहरु अलग हुने निर्णयमा पुग्छन् ।

रिलेशनसिप एक्ट्रा बोनस

यो कुरा स्पष्ट छ कि, वर्तमान समयमा युवाहरु अवसरको खोजीमा छन् । उनीहरु सफलताको खोजीमा छन् । उनीहरु आफ्नो करियर, काममा बढी केन्दि्रत हुन चाहन्छन्, पारिवारिक जीवनमा होइन ।

युवाहरु महत्वकांक्षी पनि छन् । वर्तमान युगमा उनीहरु आफुलाई अब्बल सावित गर्ने दौडमा लागेका छन् । यही कारण पनि विवाह गरेर पारिवारिक जीवनमा रमाउने रहर उनीहरुले त्यागेका छन् । सफलताको दौडमा लागिरहेका उनीहरु रिलेशनशिपलाई एक्ट्रा बोनस मान्ने गर्छन् ।अन्लाईन खबर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑