• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तनावले पनि पाचनमा समस्या ?

नेपाल पोस्ट दैनिक
    April 2, 2020  मा प्रकाशित

Spread the love
      

 काठमाडौं २० चैत । कमजोर पाचन शक्तिसंग सम्बन्धित कुनै रोग जस्तो लिभर, ग्याष्ट्रिक, मधुमेय आदिका कारण हुने गर्दछ । यसबाहेक मानसिक पक्षलाई हेर्ने हो भने तनावले पनि पाचन प्रकृयालाई बिगार्न सक्ने सम्भावना उत्तिकै छ, चाहे त्यो तनाव कामसंग सम्बन्धित होस् अथवा कुनै प्रतिस्पर्धासंग ।

आयुर्वेद तथा मनोवैज्ञानिकदेखि मानसिक रोगहरुका विभिन्न आयामहरुमा जुन भिन्दा–भिन्दै अध्ययनहरु गरिएका छन्, तीनका अनुसार युवा वर्गमा बढिरहेको तनाव अथवा इन्जाइटी पाचनसंग सम्बन्धि समस्याको सबैभन्दा ठूलो कारण मानिएको छ ।

शरीरमा हुने टक्सिन तथा फ्रीरेडिकल्स पनि यो समस्याको कारण बन्दछ । सही समयमा भोजन नगर्नु, राति अबेरसम्म काम गर्नु, जंक फूड धेरै खानु तथा रक्सी, चुरोट, पान मसाला, गुट्का, खैनी आदि सेवन गर्ने व्यक्तिहरुलाई प्रायः पाचनसंग समबन्धित ग्यास, एसिडिटी तथा पेटमा भारीपना जस्ता समस्याहरु देखिन्छन् । राम्रो स्वास्थका लागि पाचन प्रकृया चुस्त र दुरुस्त रहनु अति अनिवार्य छ ।

अचेल बालबालिकाहरुमा समेत ग्यास्ट्रिक, उल्झन, पढाइमा एकाग्रताको कमी आदि समस्याहरु देखिन थालेका छन् । यसको कारण पनि उनीहरुको टिफिनमा फास्ट फूड अथवा जंक फूडका मात्रा बढि हुनुले गर्दा हो, जसलाई उनीहरु निकै मीठो मानेर खान्छन् । आउटडोर गेम तथा व्यायामको अभावका कारण मोबाइल, सोसल मिडिया तथा टेलिभिजनमा गेम खेल्नाले बालबालिकाहरुको पाचन शक्तिमा नकारात्मक प्रभाव परेको छ । अव्यवस्थित जीवन शैली तथा स्वयंको स्वास्थप्रति उपेक्षाका कारण विश्वकै आधा भन्दा बढि जनसंख्या, जसमा महिलाहरुको एउटा ठूलो वर्ग छ, यो समस्यासंग सुधिरहेको छ ।

आयुर्वेदले भने अनुसारको आहार–विहार तथा केही प्रमुख औषधीहरुका साथै एन्टि–अक्सिडेन्टहरुले भरीपूर्ण वस्तुहरु नै यसको राम्रो विकल्प सावित हुन सक्छ ।

पेस्टिसाइड्स तथा कमेकलहरुको अत्यधिक उपयोगका कारण अन्नको पोषक तत्वहरुको गुणवत्ता पनि प्रभावित भैरहेको छ । त्यसैले आहारमा बोक्रा भएको दाल, हरिया पात भएका तरकारी,  मैदाको साटो मिश्रित अन्न तथा चोकर भएको आटाको रोटी, पेय पदार्थको साटो दही, मोही, सूप तथा खाना खानुअघि सलादको सेवन उपयुक्त मानिन्छ ।

यसका साथै हरेक दिन कम्तिमा एउटा रेशादार फलको सेवनलाई पनि प्राथमिकता दिनु पर्छ । बिहान हल्का उम्लिएको पानीको सेवनले पेटलाई स्वस्थ राख्छ । बिहानको खाजा स्वस्थ जीवन शैलीको एउटा अभिन्न अंग हो, त्यसैले ब्रेकफास्ट नगर्नु पनि कतिपय रोगहरुलाई जन्म दिनु बराबर हो ।

भोक नलागी खाना खानै हुँदैन । छोटो–छोटो समयको अन्तरालमा केही न केही खानु पर्छ । लामो समयसम्म फ्रिजमा राखिएको खानालाई तुरुन्तै तताएर खानु हुँदैन । तारेका र भुटेका गरिष्ट खानेकुराहरु, अत्यधिक चिनी युक्त खानेकुराहरु, कोल्ड ड्रिङ्क्स, मदिरापानबाट जोगिनु पर्छ ।

तनावलाई टाढा भगाउनका लागि प्रसस्त मात्रामा निद्रा, प्राणायम, योगासन तथा मेडिटेसन गर्नु पर्छ । सकारात्मक विचार राख्नाले पनि पाचन शक्ति राम्रो रहन्छ र ग्यास, अमिलो डकार, एसिडिटी, अपच जस्ता समस्याहरुमा राहत पुग्छ । केही आयुर्वेदिक औषधीहरुले पनि यस प्रकारको समस्यामा राहत प्रदान गर्छन् । ती औषधीहरुले शरीरको रोग प्रतिरोधक क्षमतामा वृद्धि गर्दछन् । यद्यपि, पाचन प्रकृयामा जटिल समस्या देखियो भने कुनै विशेषज्ञ चिकित्सकसंग परामर्श गरेर औषधी लिनु उचित हुन्छ । साभार : अन्लाईन खबर

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑