चरिकोट १९ चैत।दोलखाको मेलुङ गाउँपालिकामा विदेशबाट फर्किएका ११ जना व्यक्तिको घरमा रातो झन्डा राख्न सुरु गरिएको छ ।
पालिकाले विदेशबाट फर्किएका व्यक्तिहरु कुनकुन घरमा छन् भनेर पहिचान गरि कोरोना भाइरस फैलन नदिन रातो झन्डा राख्न सुरु गरेको हो ।
बुधबार वडा नं १ पवटीमा १ व्यक्तिको घरमाथि झन्डा राखि रातो झन्डा राख्न सुरु गरिएको पालिकाका स्वास्थ्य संयोजक हरिराम चापागाईंले बताए ।
उनले भनेू विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि रातो झन्डा विदेशबाट फर्किएका व्यक्तिजो घरमा राखिएको हो ।ू
विदेशबाट केहि दिन अघि फर्किएका व्यक्तिको घरमा रातो झन्डा राखिएको उनले बताए ।
स्वास्थ्य संयोजक चापागाईंका अनुसार ११ जना व्यक्ति विदेशबाट फर्किएका थिए । जसमा ७ जना भारत र अन्य जापान लगायतका देशबाट फर्किएका छन् । उनिहरुको घरमा पनि पहिचान चिन्ह स्वरुप रातो झन्डा राखिने उनले बताए ।
पालिकाद्वारा पिपिई र मास्क सेनेटाइजर वितरण
मेलुङ गाउँपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई
कोरोनाबाट बच्न विभिन्न सामग्रीहरू वितरण गरेको छ ।
जसमा १४ सेट पिपिइ स्वास्थ्य
चौकी र सामुदायिक स्वास्थ्य इकाईलाई वितरण गरिएको छ । ५ वटा स्वास्थ्य चौकीलाई २(२ सेट र ४ सामुदायिक स्वास्थ्य इकाईलाई १(१सेट पिपिई वितरण गरिएको स्वास्थ्य शाखा संयोजक चापागाईंले बताए । त्यसैगरी स्वास्थ्यकर्मी र केहि जनप्रतिनिधिलाई २० मास्क, २० लिटर सेनेटाइजर, ६ सय पिस पञ्जा वितरण गरिएको पालिकाले जनाएको छ । पालिकामा पिपिई मँगलबार प्राप्त भएकोमा सोहि दिन नै केहि स्वास्थ्य चौकीमा वितरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय देशबाट फर्किएका नागरिकको घर माथि रातो झन्डा
Admin
•
