• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दिपाश्री भन्छिन् : मैले निर्देशन गरेको कसैले पत्याउँथेनन् जव चलचित्रहरुले बक्सअफिसमा धमका पिट्न सफल भए …

नेपाल पोस्ट दैनिक
    March 8, 2020  मा प्रकाशित

Spread the love
      

नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति न्युन छ । त्यहीँ न्युन संख्याबाट पनि सफल श्रेणीमा पर्छिन्, दीपाश्री निरौला ।दीपाश्रीको निर्देशनमा तयार भएका चलचित्रहरुले बक्सअफिसमा धमका पिट्न सफल भएका छन् ।

उनको निर्देशनमा तयार भएका ‘छक्का पञ्जा’का तीन सिरिज नै सर्वाधिक कमाई गर्ने चलचित्र हुन् । जब दीपाश्रीले पहिलो चलचित्र ‘छक्का पञ्जा’ निर्देशन गरिन्, त्यो समय उनको काममा धेरैले प्रश्न उठाएका थिए । उनी आफैंले निर्देशन गरेको कसैले पत्याएनन् । दीपाश्री आफैँले गुनासो गर्दै भनेकी थिइन्, ‘मलाई धेरैले यो प्रश्न गर्नुहुन्थ्यो ।’

अहिले दीपाश्री आफ्नो निरन्तरको कामबाट दर्शकलाई विश्वास दिलाउन सकेको बताउँछिन् । उनले भनिन्, ‘मैले निरन्तर काम गरेपछि मात्रै दर्शकले मलाई विश्वास गर्नुभएको छ । म यत्तिकै आएको थिइन् । २५ वर्षको निरन्तर कामको अनुभवले मलाई निर्देशक बनाएको थियो । आखिर त्यो कुरा दर्शकले बुझ्नुभयो ।

तर, अहिले पनि महिला निर्देशकलाई झट्टै पत्याइहाल्ने अवस्था नरहेको दीपाश्रीको बुझाई छ । निर्देशन गर्ने काम गाह्रो हुने भएकाले महिला निर्देशकहरुको उपस्थिति न्युन रहेको उनी बताउँछिन् । निर्देशन गर्ने काम चुनौतिपूर्ण भएकाले जो–कोहीले आँट गर्नुहुन्न । मेरो चाहीँ टिम राम्रो भएकाले काम गरिरहेको छु । चलचित्र त आखिर टिमवर्क नै रहेछ’, उनले भनिन् ।

चलचित्र क्षेत्रमा लागेका महिला कलाकारहरुको समस्या भने अहिले कम हुँदै गएको उनको अनुभव छ । पहिला जस्तो काम पाउनको लागि जे पनि गर्छु भन्नपर्ने अवस्था छैन’, दीपाश्री भन्छिन्, ‘क्षमतावान कलाकारहरुले यो गर्छु, त्यो गर्दिन भन्न सक्छन् । त्यो सुखद कुरा हो ।’

दीपाश्रीका अनुसार चलचित्र क्षेत्रमा भविष्य सोचेर आउनेलाई यस क्षेत्र राम्रो र रमाइलोको लागि आउनेको लागि त्यस्तै नै छ । मेहनत गर्नेहरु टिकिरहेको र रमाइलोका लागि आएकाहरु फसिरहेको उनी बताउँछिन् । उनको अनुभवमा अहिले महिला कलाकारहरु सहकर्मी कलाकारबाट हेपिनु पर्ने अवस्था पनि छैन ।

हेपिएको कुरा उनले यदाकता सुनेकी छिन् । तर, हेपिनुको कारण महिला आफैँ भएको उनले बताइन् । भनिन्, ‘आफूले मज्जाले प्रतिरक्षा गर्ने हो भने त्यो हुने छैन । यदी महिला क्षमतावान भएर, सिकेर वा अभ्यास गरेर आउने हो भने दुव्र्यवहार तथा हेपिनु पर्ने कुराबाट बच्न सकिन्छ ।

पारिश्रमिकको हिसाबमा भने पुरुष कलाकारको तुलनामा महिला कलाकार निकै तल छन् । त्यो किन हुन्छ भन्ने प्रश्नको उत्तर दीपाश्रीसँग छैन । यो नेपाल मात्र नभएर विश्वव्यापी नै यस्तै भएको उनी बताउँछिन् । उनले भनिन्, ‘यो किन हुन्छ भन्ने विषयमा बहश नै सुरु गर्नुपर्ने भएको छ ।’

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
  • थारु चलचित्र लैहराको छयांकन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑