• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अमेरिकामा समुदायका प्रतिनिधिहरुबीच मनाइयो भव्यताका साथ ईञ्जा दिवस

नेपाल पोस्ट दैनिक
    March 3, 2020  मा प्रकाशित

Spread the love
      

२० फाल्गन । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आफ्नो मुख्यालय भर्जिनिया, अमेरिकामा समुदायका प्रतिनिधिहरुबीच आफ्नो दोस्रो वार्षिकोत्सब भव्यताका साथ मनाएको छ।

मार्च १ का दिन ईञ्जा दिवस मनाउदै आएको इन्जाले वाशिंटन डिसी मेट्रो क्षेत्रका सामाजिक सस्थाका प्रतिनिधिहरुलगायतका समुदायका व्यक्तित्वहरुको आतिथ्यमा रात्रि भोजसहितको पारिवारीक शुभकामना आदान प्रदानको भब्य कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै ईञ्जाका संरक्षक राम चन्द्र खरेलले छोटो समयमा ईञ्जालाई विश्वाश र भरोसा गरी अन्तराष्ट्रिय जगतमा परिचित गराउने सबैलाई धन्यबाद दिदै सस्थाले अबलम्वन गरेका नीति अनुरुपका गतिबिधिहरुलाई अगाडि बढाउन थप प्रेरणा मिलेको बताए।

कार्यक्रममा यस वर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार तथा ईञ्जा सामुदायिक पत्रकारीता पुरस्कारका लागि आर्थिक सहयोग प्रदान गर्ने वरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्ग तथा सुनिता खत्रीलाई वरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षकद्वय राम चन्द्र खरेल र योगेश उपाध्यायले सम्मान गरे।

ईञ्जाको अभियानमा आफुहरु सामेल हुन पाउदा र सहयोग गर्न पाउदा  खुशी लागेको बताउदै बरिष्ठ गीतकार तथा साहित्यकार अम्बिका गुरुङ्गले सन् २०२१ का लागि समेत १ हजार राशीको ईञ्जा श्रष्टा सम्मान पुरस्कारको सहयोगलाई निरन्तरता दिने घोषणा गरिन्।  यसै गरी ग्रामिण पत्रकारहरुको अवस्था र उनीहरुको पिडामा आफु जानकाररहेको बताउदै समाजसेवी सुनिता खत्रीले असल र कर्मठ पत्रकारहरुलाई प्रोत्साहन गर्न  सन् २०२१ का लागी १ हजार राशीको  ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कारलाई आफुले निरन्तरता दिने घोषणा गरिन्।

काठमाडौंमा आयोजित ईञ्जा डे का दिन यस वर्षको ईञ्जा श्रष्टा सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा नेपाली झर्रोबादीका अगुवा चूडामणि रेग्मी (चुमरे) लाई प्रदान गरिएको थियो भने ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई प्रदान गरिएको थियो।

यसैगरी ईञ्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले ईञ्जाले पत्रकारहरुको हितका लागि नीतिगत सहमति बनाएको र उपचार गर्न नपाएर कुनै पनि पत्रकारहरु मर्न नपरोस भन्ने अभियानलाई बिश्वब्यापी रुपमा व्यापकता दिएको बताउदै क्यान्सर पिडित पत्रकार कमल पौडेलको स्वास्थ उपचारमा सहयोग पुर्याउन ईञ्जा, डिसि नेपाल डट कम र इनेप्लिज डटकोसंयुक्त आयोजनामा संकलन गरिएको १४ लाख ११ हजार २ सय ४४  रुपैयाँ पत्रकार पौडेलको परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराए।

वरिष्ठ पत्रकार तथा ईञ्जाका संरक्षक योगेश उपाध्यायले ईञ्जाका गतिबिधिहरुबाट आफु सन्तुष्ट भएको र कमि कमजोरीहरु सुधार्दै ईञ्जा अगाडि बढनु पर्ने धारणा राख्दै ईञ्जा दिवसमा उपस्थित समुदायका अगुवा तथा पाउनाहरुलाई धन्यवाद ज्ञापन गरे।थाहा खबरबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑